शुक्रबार, १६ चैत २०८०

बिरालो बच्चामाथि एक हप्तासम्म सामुहिक बलात्कार, त्यसपछि गयो ज्यान (हेर्नुहोस् भिडियो)

समयपोष्ट २०७७ साउन १४ गते १६:५२

Advertisement

बिरालोको बच्चामाथि १५ बर्षका किशोरसहित उनका साथीहरुले सामुहिक बलात्कार गरेका छन् । बलात्कारका कारण उक्त बिरालोको मृत्यु भएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । पशु माथिको सबैभन्दा क्रुर मानिएको उक्त घटना पाकिस्तानको लाहोरको हो ।

पशु अधिकार संगठन जेएफके एनिमल रेस्क्यू सेल्टरले घटनाको जानकारी आफ्नो फेसबुक ह्यान्डलमा साझा गर्दै किशोरहरुको जघन्य अपराधबारे जानकारी दिए ।

पशु अधिकारका लागि काम गर्ने संगठनको फेसबुक पोस्ट अनुसार बिरालोको बच्चालाई किशोरका परिवारले खरिद गरेका थिए । जब उनीहरुले बिरालोको बच्चालाई घर लिएर आए तब उनका साथीहरुले एक हप्तासम्म सामूहिक बलात्कार गरे जसका कारण बिरालोको आन्तरिक अङ्ग गम्भीर रुपमा क्षतीग्रस्त भयो ।

भिडियो लागि लिंक क्लिक गर्नुहोस्:

https://www.facebook.com/watch/?t=0&v=1399881966889271

 

 

जेएफके एनिमल रेस्क्य एन्ड सेल्टरले भन्यो, ‘ऊ हिँड्न सकिरहेको थिएन, उसले खान सकिरहेको थिएन, बस्न सकेको थिएन, ऊ पीडाका कारण कहिले सुत्न पनि सकेन ।’

जब बिरालोलाई पशु चिकित्सककोमा पुर्याइयो तब बिरालोको आन्तरिक अङ्गबाट शुक्रकिट र रगत निस्कियो । संगठनले बिरालोको बच्चाको भयानक स्थिती देखेपछि त्यसै इलाकामा बस्ने एक युवतीले आरोपीसँग बिरालोको बच्चालाई सुम्पिन भनेको थियो, तर उनीहरुले अस्विकार गरेको समाचारमा उल्लेख छ ।

बिरालोको बच्चालाई उपचारका लागि लगेपनि उसलाई बचाउन भने नसकिएको बताईएको छ ।एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री