उपत्यकामा थपिए ६ संक्रमित, कोरोना जित्नेको संख्या १३ हजार नाघ्यो

थप १३९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । आज उपत्यकामा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका छन् । ललितपुरमा ३ र काठमाडौंमा ३ जनामा संक्रमण पुष्टि भएको हो । यससंगै नेपालमा कोरोना संक्रमित १८ हजार ७५२ पुगेको छ ।

Advertisement

सोमबार कोरोना संक्रमण निको भएर ६२६ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या १३ हजार ७५४ पुगेको छ । पाँचथर,भोजपुर, संखुवासभा, रसुवा, मनाङ र मुस्ताङ कोरोना संक्रमण मुक्त भएको प्रवक्ता गौतमले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री