आइतबार, ६ जेठ २०८१

दरिद्रता भित्रिन्छ शनिबार यी पाँच चिज किन्दै नकिन्नुहोस्

समयपोष्ट २०७७ साउन १२ गते १५:२२

Advertisement

हिन्दु धर्ममा शनि देवलाई कर्मको हिसाबले फल दिने देवताको रुपमा लिईन्छन् । शनिबार शनि देवको बार हो । यस दिन शनि देवसंग जोडिएका सर सामाग्रीहरु लेनदेन गर्न वर्जित गरिएको छ । हिन्दु धर्मशास्त्रका अनुसार

शनिबार फलाम,मासको कालो दाल,सरसोँको तेल, जुत्ता चप्पल घरमा भित्राउनु हुँदैन ।

फलामलाई शनिको धातु मानिन्छ । शनिबार फलाम घरमा ल्याउँनुहुँदैन । यस दिन फलामबाट बनेका सामानहरु दान गर्नु शुभ मानिन्छ ।

शनिबार मासको कालो दाल किन्न हुँदैन । शनिबार यो दालबाट बनेको खिचडी दान गर्दा शुभ हुने विश्वास गरिन्छ ।

Advertisement

शनिबार सरसोँको तेल घरमा ल्याउँनुहुँदैन । तर, यस दिन यो तेल दान गर्न सकिन्छ । शनि देवलाई प्रशन्न बनाउन तेल शनिदेवलाई अभिषेक गराउँन सकिन्छ ।

शनिबार जुत्ता चप्पल किन्न हुँदैन । शनिबार जुत्ता चप्पल किन्दा शनिदेव रिसाउने र असफलता मिल्ने विश्वास गरिन्छ ।

शनिदेव न्यायका देवता हुन् । शनिवार उनको विशेष पूजाआरधाना हुने भएकाले यो दिन कसैको पनि अपमान गर्नुहुँदैन ।एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री