बिहे गर्नुपर्ने माग गर्दै यी युवती बसिन् प्रेमीको घरमा धर्ना

प्रेमिले आफुसँग बिहे गर्नुपर्ने माग गर्दै भारतको जालन्धरकी एक महिला धर्नामा बसेकी छन् । भारतीय सञ्चार माध्ययम अमर उजालाका अनुसार डेनिसमन्डाको रसिला नगरकी ती महिला दुई दिनदेखि धर्नामा बसेकी हुन।

Advertisement

आफुसँग बिहे नगरेसम्म धर्ना जारी राख्ने उनले बताउँदै आएकी छन। तर युवकका परिवारले त्यसबारे जानकारी नभएको बताउँदै पन्छिन खोजेको खवरमा उल्लेख छ ।

विगत ५ वर्षदेखि आफुहरुको प्रेम सम्बन्ध रहेको बताउने ती युवतीले केटाको परिवारले आफुहरुको प्रेमलाई स्विकार नगरेको बताइरहेकी छन्। आफुले बिहेको बारेमा कुरा गर्न खोज्दा बिहे गर्न नमान्ने गरेकाले प्रहरीमा समेत उजुरी दिएको ती युवतीको भनाई छ। तर प्रहरीले समेत कुनै छानविन नथालेकाले बाध्य भएर केटाको घरबाहिर धर्नामा बसेको खवरमा उल्लेख छ ।

आफु यसअघि समेत प्रेमिको घरमा आएको र त्यतिबेला युवकको परिवारले आफुलाई कुटपिट गरेको ती युवतीले सञ्चार माध्ययमा जनाएकी छन् । एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री