जव समाचार पढ्दापढ्दै अगाडीको दाँतनै फुस्कियो (भिडियोसहित)
समयपोष्ट
२०७७ साउन ९ गते २१:५३
टेलिभिजनमा समाचार वाचन गरिरहेको बेला एक महिला पत्रकारको दाँत नै फुस्किएको छ ।
हालै युक्रेनमा एक महिला पत्रकारले टेलिभिजनमा प्रत्यक्ष प्रसारणका क्रममा समाचार वाचन गरिरहेको बेला उनको एउटा दाँत फुस्किएर हातमै झर्दासमेत सम्हालिएर समाचार वाचन गरिरहेको भिडियोमा देख्न सकिन्छ ।
समाचार पढिरहँदा उनको अगाडिपट्टि माथिल्लो भागको एउटा दाँत झरेको थियो। दाँत झरेपछि उक्त दाँतलाई उनले हातमा लिइन् । ती समाचार वाचिकाको नाम मारिच्का पाडाल्को हो ।
एक्कासी दाँत फुस्किँदा र थोते भएर समाचार पढिरहँदासमेत उनको अनुहारमा कुनै बदलाव देखिएन र उनले स्वाभाविक रूपमा समाचार रिपोर्टको वाचन पूरा गरिन् ।
उनले उक्त घटनाको भिडियो आफ्नै इन्स्टाग्राममा अपलोड गरेकी छन् ।
प्रतिक्रिया