आइतबार, ६ जेठ २०८१

कुकुरले सुँघेरै पत्ता लगाउँछ कोरोनाभाइरस

समयपोष्ट २०७७ साउन ९ गते ८:४९

Advertisement

कुकुरले सुँघेर कोरोनाभाइरस पत्ता लगाउन सक्छन् । जर्मनीमा अनुसन्धानकर्ताले आफूहरु ‘स्नाइफर डग्स’ अर्थात् सुँघ्न सक्ने कुकुरलाई कोरोनाभाइरसको पत्ता लगाउन सिकाउन सफल भएको दाबी गरेका छन् ।

जर्मनीको हेनोवर शहरस्थित युनिभर्सिटी अफ भेटरिनरी मेडिसिन र जर्मन सेनाको सहयोगमा भएको अनुसन्धानमा एक हप्ताको तालिमपछि आठ कुकुरले ९४ प्रतिशत मामिलामा संक्रमित र बिना संक्रमित स्याम्पलका फरक छुट्याउन सफल भएको पत्ता लागेको छ ।

अनुसन्धानकर्ताका अनुसार यो खोजको प्रयोग एयरपोर्ट र खेल मैदानजस्तो सार्वजनिक स्थानमा कोरोनाभाइरसको संक्रमणको पहिचान गर्न सकिने छ । बेलायतसमेत अन्य देशमा पनि स्नाइफर कुकुरको मद्दतले कोरोनाभाइरसको पहिचान गर्न सकिन्छ कि भनेर अनुसन्धान चलिरहेको छ  । बीबीसी

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री