सोमबार, ७ जेठ २०८१

पतिले अति माया गरेको भन्दै यी युवतीले गरिन् अनौठो निर्णय

समयपोष्ट २०७७ साउन ६ गते १४:०८

Advertisement

धेरै मानिसहरु आफ्नो पति पत्नीले माया नगरेको भन्दै दुःख पोखेका हुन्छन् तर एक महिलाले पतिले अति माया गरेकोले पतिसँग सम्बन्ध विच्छेद गर्न चाहेकी छिन् ।

युएईकी एक महिला पतिसँग सम्बन्ध विच्छेद गरेको कारण अहिले निकै चर्चामा छिन् । ती महिलाले पतिसँग टाढिनु खोज्नुको कारण पतिले अति माया गरेको बताएकी छन् । उनको कुरा सुनेर मानिसहरु जिब्रो काटिरहेका छन् ।

एक वर्ष पहिले भएको विवाहको सम्बन्ध विच्छेद गर्न अदालत पुगेकी महिलाले मुद्दा दर्ता गर्दै पतिले धेरै माया गर्ने भएको र आफुलाई अति माया गरेको मन नपरेकोले पतिसँग टाढीने फैसला गरेको बयानमा भनेकी थिइन् ।

Advertisement

श्रीमानले आफुलाई धेरै ध्यान दिएकोले आफ्नो जिन्दगी ‘नरक’ बन्दै गएको बताइन् । ती महिलाको पतिले घरायशी काममा पनि श्रीमतीलाई सहयोग गर्ने र विवाहको एक वर्षसम्म पनि कहिल्यै झगडा नभएको खुलासा गरिन् । एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री