सोमबार, ७ जेठ २०८१

साउनको पहिलो सोमबार संयोगले औंसी पनि, चिताएको पुग्नेछ आज यसो गर्नुहोस्

समयपोष्ट २०७७ साउन ५ गते १३:४२

Advertisement

आज साउन ५ गते अर्थात पहिलो सोमबार । यो महिना र दिन शिवको स्तुति मानव तथा चराचर जगतका लागि निकै कल्याणकारी रहन्छ भन्ने शास्त्रीय मान्यता रहि आएको छ ।

संयोगले आज औंसी पनि परेको छ । जुन सोमबारको दिन औंशी पर्दछ त्यहीँ दिनलाई सोमबारे औंशी भनिन्छ । हाम्रो क्यालेन्डर अनुसार हरेक सात दिनपछि एउटा सोमबार पर्दछ भने हरेक महिनामा एउटा औंशी । तर सोमबार र औंशी मात्रको संयोग भने कहिलेकाहि मात्र हुने गर्दछ ।

वर्षभरि एकचोटी या दुइचोटीसम्म सोमबारे औंशी पर्दछ । यो पर्व स्नान या भनौ दान दिनका लागि शुभ मानिन्छ । आजको दिनमा स्नानको लागि मात्र विभिन्न तिर्थस्टलमा टाढा टाढाबाट भक्तजनहरु धाउने गर्दछन । ‘सोमबारे औंशी’को दिनको तिथि प्राप्त गर्न ठुलो संयोग या भाग्य चाहिने उल्लेख भएको छ ।

महाभारतका पात्रहरुले पनि आफ्नो जीवनकालमा आजको दिन अर्थात सोमबारे औंशीको तिथि प्राप्त गर्न नसकेको भनाइ उल्लेख हुने गरेको बताइएको छ । हिन्दु शास्त्र अनुसार आजको दिन मौन रहेर स्नान र ध्यान गर्नाले पुण्य प्राप्त हुन्छ । सोमबार चन्द्रमाको दिन हो । चन्द्रमा मनको प्रतिक र सूर्य मस्तिष्कको प्रतिक पनि हो । सोमबारलाई शिवजीको दिन पनि मानिन्छ र आजको दिन भगवान शिवजी मै समर्पित छ ।

Advertisement

साउनको सोमबार शिवलाई शुद्ध जल चढाएर खुसी बनाउन सकिन्छ भन्ने शास्त्रीय मान्यता छ । साउनको सोमबार व्रत गरेमा मनको इच्छा पूरा भई अटल सौभाग्य प्राप्त हुने धार्मिक विश्वास छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री