सोमबार, ७ जेठ २०८१

यसरी गर्नुहोस् भित्री वस्त्र छनोट, राति सुत्दा पेन्टी नलगाउनुस्

समयपोष्ट २०७७ साउन ५ गते १०:०५

Advertisement

भित्री वस्त्र छनोट गर्दा पुरुषको तुलनामा महिलाहरू यस विषयमा बढी सचेत हुनुपर्छ । विशेषगरी, महिलाले ब्रा र पेन्टीको खरिद गर्दा त्यसको गुणस्तर र शारीरिक बनोटमा ध्यान पु¥याउनु पर्ने हुन्छ । महिलाले स्तनको आकार मिलाउन वा स्तनलाई आकर्षक ढंगले सजाउन ब्रा लगाउने गर्दछन् । तर, अधिकांश महिलाले विचार नै नगरीकन ब्रा किन्ने गर्दछन् ।

कतिपय अवस्थामा ब्राकै कारणले शरीरमा अप्ठ्यारो भए पनि त्यति चासो देखाउँदैनन् । जसले गर्दा उनीहरूको स्वास्थ्यमा प्रतिकूल असर परिरहेको हुन्छ । ब्रा गुणस्तरीय हुनुपर्दछ । शरीरमा मिल्ने आकारको हुनुपर्दछ । साइज नमिल्ने ब्राले स्तनलाई अड्याउँदैन, जसका कारण घाँटी र पछाडिको मांसपेशीमा अनावश्यक दबाब पर्न जान्छ ।

यसले घाँटीमा हुने रक्तप्रवाहलाई रोक्नुका साथै घाँटीको मांसपेशीमा बढी भार पर्दा टाउको दुख्ने समेत हुन्छ । साइज नमिल्दा अर्थात् बढी कसिलो ब्राले छाती वरपरको भागमा डाम बसाल्नुका साथै श्वास फेर्न समेत कठिनाइ हुन्छ ।

Advertisement

सुतीको पेन्टी
सुती कपडा छालामैत्री हो । अतः पेन्टी जस्तो भित्री वस्त्रका लागि सूती नै सहि छनौट हुनसक्छ । यद्यपि सिल्क वा सिन्थेटिक कपडाको पेन्टी बढि सेक्सी देखिन्छ । तर, यस्तो पेन्टीमा हावा पस्दैन । यसले छालाको रोग वा इन्फेक्सनको खतरा बढ्छ । यदि सिन्थेटिक कपडाकै पेन्टी किन्नु छ भने त्यो पेन्टी किन्नुस जसको भित्रपट्टीको लाइनिङ सूतीकै होस् ।

सही नाप
पेन्टी ठूलो भयो भने हिँडडुल गर्नै असहज हुन्छ । अर्कोतर्फ धेरै कसिलो पेन्टी पनि असजिलो हुन्छ । साथै छालामा रगडिन्छ पनि । त्यसैले पेन्टी किन्दा नापमा ध्यान दिनुपर्छ । सामान्यतया पेन्टीको साइज आफ्नो ब्राको साइजभन्दा ठूलो हुनुपर्छ ।

सेतो पेन्टी
रंगविरंगी पेन्टी हेर्दा आकर्षक त देखिन्छन् तर, कपडाको रंगले मुलायम त्वचालाई हानी पुर्याउने चिकित्सकहरु बताउँछन् । त्यसैले सेतो पेन्टी नै सर्वोत्तम हुन्छ ।

सेपवेयर पेन्टी
पातले कम्मर र सुडौल शरीर देखाउने लोभमा महिलाहरु सेपवेयर लगाउँछन् । तर, यसबाट पनि विभिन्न समस्या आउन सक्ने डाक्टरहरु बताउँछन् । सेपवेयरले शरीरको मासुलाई दबाएर राख्छ । धेरै बेरसम्म यसो गर्दा पित्त, अम्ल, प्रतिवाह आदि समस्याहरु हुन सक्छन् । यसलाई कहिलेकाहीँ मात्रै लगाउनु र चाँडै खोल्नु उचित हुन्छ ।

राति सुत्दा पेन्टी नलगाउनुस्
जो महिलाहरुले सारा दिन बाँधिएको कपडामा बिताउनुपर्छ, उनीहरुले रातमा पेन्टी नलगाउनु उचित हुन्छ । पेन्टी नलगाई सुत्दा महिलाहरुले छुट्टै आनन्द पाउँछन् र शरीरको त्यो भागलाई पनि राहत मिल्छ ।

आजकाल केही महिलाहरु पेन्टी नै नलगाई पनि हिँड्छन् । यसो गर्नु पनि उचित होइन । पेन्टी नलगाउँदा तपाईंको नितम्बको मासु झोल्लिएर शरीरको सेप बिग्रिन सक्छ । साथै पेन्टी लगाउँदा तपाईंको गोप्य अंगको पनि सुरक्षा हुन्छ ।

महिलाहरु बदलिदो फेशन अनुसार आफ्नो कपडा जुत्ता आदि बदलिरहन्छन् । तर पेन्टीमा खासै ध्यान दिँदैनन् । पुरानो पेन्टीले नै काम चलाउँछन् । तर धेरै पुरानो पेन्टी लगाउँदा अनेक समस्याहरु आउन सक्छन् । त्यसैले इलास्टिक लुज हुनुभन्दा अगाडि नै पेन्टी बदल्नु राम्रो हुन्छ । एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री