सोमबार, ७ जेठ २०८१

कोरोना महामारीकाबीच पुन: सञ्चालनमा यौन ब्यवसाय, यस्तो रुपमा देखिने छन् यौनकर्मी

समयपोष्ट २०७७ साउन ३ गते १५:११

 

Advertisement

 

कोरोना भाइरसका कारण सबैभन्दा धेरै संकटमा परेको यौन ब्यवसाय पुन सुचारु भएको छ ।

ल्याटिन अमेरिकी देश बोलिभियाका यौनकर्मीहरु सुरक्षाका विशेष उपाय अपनाउँदै काममा फर्किन थालेको बीबीसीले जनाएको छ । यौनकर्मी महिलाहरुले सुरक्षाकवचका रुपमा हातमा पञ्जा, ब्लिच पाउडर तथा पारदर्शी रेनकोट लगाएर यौन व्यवसायमा पुनरागमन गर्न लागेका छन् ।

Advertisement

यौनकर्मीहरुको लागि काम गर्ने संस्था अर्गनाइजेसन अफ नाइट वर्कर्स अफ बोलिभियाको सल्लाहअनुसार यौनकर्मी महिलाहरु सुरक्षा उपाय अपनाउँदै काममा फर्किन लागेका हुन् । यसबाट आफूहरुलाई कोरोना संक्रमणको जोखिम कम हुने उनीहरुको विश्वास छ ।

बोलिभियामा देह व्यापार वैधानिक छ । तर केवल इजाजत प्राप्त यौनशालाहरुमा मात्र विभिन्न कडा नियम पालना गरी यौन व्यवसाय सञ्चालन गर्न पाइन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री