आइतबार, ६ जेठ २०८१

सुशान्तकी प्रेमीकालाई बलात्कार र हत्याको धम्की

समयपोष्ट २०७७ साउन १ गते २०:२४

Advertisement

 

सुशान्त सिंहकी प्रेमीकालाई आत्महत्या नगरे बलात्कार र हत्या गराईदिने धम्की आएको छ । सुशान्तकी प्रेमीका रिया चक्रवर्तीले इन्ष्टाग्राम मार्फत यस बारे जानकारी दिएकी छिन् ।

रियाले स्क्रिनसट सेयर गर्दै लेखेकी छिन्, ‘मलाई गोल्ड डिगर भनियो… म चुप बसेँ । मलाई हत्यारा भनियो… म चुप बसेँ… मेरो चरित्रमाथि औंला उठाइयो तर पनि म चुप बसेँ । तर म चुप बस्दा तिमीले मलाई मैले आत्महत्या नगरेको खण्डमा मेरो बलात्कार र हत्या गराइदिने भन्ने अधिकार तिमीलाई कसले दियो ? तिमीले जे भनिरहेकी छौं, त्यसको गम्भीरताबारे अलिकति पनि महसुस भएको छ ? यो अपराध हो र काूननी रुपमा कसैलाई पनि यसरी प्रताडित गरिनु हुँदैन ।’

रियाले यो पोस्टसहित साइबर क्राइम हेल्पलाइनलाई ट्याग गरेर कारवाही गर्नका लागि पनि आग्रह गरेकी छिन् ।  सुशान्तले १४ जुनमा मुम्बईस्थित आफ्नो अपार्टमेन्टमा गलामा पासो लगाएर आत्महत्या गरेका थिए ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री