सोमबार, २४ वैशाख २०८१

हराइरहेकी नायिकाको शव फेला, आमा डुब्नु अघि यी बालकले के देखे ? दिए यस्तो बयान

समयपोष्ट २०७७ असार ३० गते १४:०७

Advertisement

६ दिनदेखि हराइरहेकी अमेरिकी नायिका तथा गायिका नाया रिभेराको शव फेला परेको छ । ३३ बर्षिया यी नायिकाको शव साउथ क्यालिफोर्नियाको लेक पीरु नजिकै भेटिएको हो ।

रिभेरा र उनका छोराले बुधबार एउटा डुङ्गा भाडामा लिएका थिए । ती बालकले उद्धारकर्मीलाई आफू आफ्नी आमासहित पौडी खेल्न गएको तर उनी डुङ्गामा फर्किएर नआएको जानकारी दिए । बालकले पछाडि फर्केर हेर्दा आमालाई पानी मुनी हराएको देखेको अनुसन्धानकर्तालाई बताएका थिए ।

उनको छोरालाई डुङ्गामा सुतिरहेको अवस्थामा भेटिएको हो । डुङ्गाभित्र एउटा लाइफ ज्याकेट थियो भने अर्को ती बालकले लगाएका थिए ।

काउन्टी सेरिफ बिल आयुबले सोमबार सीएनएनसँगको कुराकानीमा नाया रिभोराले मृत्युवरण गर्नुअघि आफ्नो भए भरको बल छोरालाई बचाउन लगाएको बताएका छन् ।उनले भने, ‘उनले आफ्नो भएभरको ऊर्जा छोरालाई डुङ्गामा राख्न खर्च गरिन् तर आफूलाई भने जोगाउन सकिनन्,’ आयुबले भने ।

Advertisement

उनको शव तैरिरहेको अवस्थामा जहाँ भेटियो त्यहाँको पानी ३५ देखि ६० फिट गहिरो छ । आयुबका अनुसार अनुसन्धानकर्ता उक्त शव रिभेराकै हो भन्नेमा निश्चित छन् तर उनको शवलाई दन्त परीक्षणमार्फत् पहिचान गर्नका लागि भेन्टुरा काउन्टी कोरोनर्सको कार्यालयमा लगिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री