शुक्रबार, १४ वैशाख २०८१

कडा सर्तसहित खुले यौन व्यवसाय

समयपोष्ट २०७७ असार २० गते ९:५८

Advertisement

विश्वभर लागु गरिएका लकडाउनका बन्द भएको यौन व्यवसाय पुनः खुला गरिएको छ । नेदरल्याण्ड र थाइल्याण्ड सरकारले आफ्नो देशका वेश्यालय र रेडलाइट एरिया कडा प्रतिबन्धको नियमसहित खोल्न अनुमति दिएका छन् ।

यी देशमा अब यौनकर्मी र ग्राहकहरु रेडलाइट एरियामा जान पाउँछन् तर किस गर्न पाउँदैनन् । उनीहरुले जोडले सास फेर्न पनि पाउने छैनन् । थाइल्याण्डको राजधानी बैंककको रेडलाइट एरिया ३ महिना बन्द रहेपछि १ जुलाइदेखि खुलेको छ ।

थाइल्याण्डका बार, काराओके भेन्यू, मसाज पार्लर आदि पनि खुलेका छन् ।

विगत ३७ दिनदेखि थाइल्याण्डमा कोरोना संक्रमणको एउटा पनि स्थानीय केस नभेटिएपछि यहाँ यी व्यवसाय खोल्न अनुमति दिइएको हो । यससँगै हजारौंको संख्यामा रहेका यौनकर्मीहरु आफ्नो काममा फर्किएका छन् ।एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री