बिहीबार, ६ वैशाख २०८१

इसुजु एक्सचेन्ज अफर आजबाट सुरु

समयपोष्ट २०७६ असार १२ गते १७:१९

Advertisement

इसुजु मोटर्स काठमाण्डौ उपत्यकाको लागि आधिकारीक बिक्रेता टाइम्स मोटर्स प्रा. लि.ले इसुजु एक्सचेन्ज आयोजना गरेको छ ।

टाइम्स मोटर्स बल्खुमा बिहिबारबाट सुरु भएको उक्त एक्सचेन्ज कार्यक्रम तीन दिन अर्थात आइतबारसम्म चल्नेछ । कार्यक्रममा जुनसुकै ब्राण्डको गाडीहरु इसुजु भि–क्रससँग एक्सचेन्ज गर्न सकिने टाइम्स मोटर्सका प्रबन्ध निर्देशक दिपक राज गिरीले जानकारी दिए ।

उक्त एक्सचेन्ज कार्यक्रममा ग्राहकहरुका लागि आकर्षक सुबिधाहरुसमेत ल्याइएको छ । ग्राहकहरुले हरेक बुकिङमा नि:शुल्क होलिडे ट्रिप ,एक बर्षका लागि नि: शुल्क बिमा सुविधा समेत प्राप्त गर्न सक्नेछन् । साथै आर्थिक वर्ष २०७६÷७७ निशुल्क सवारी कर र आकर्षक नगद छुटको समेत ब्यवस्था गरिएको छ । ७५ प्रतिशत सम्म (७ वर्षको लागि अन दि स्पट फाइनान्सको सुविधा),३ वर्ष वा १,००,००० किलोमिटर सम्मको वारेन्टी (इन्जिन, गेयर बक्स र डिफ्रेन्सियलमा)तथा प्रत्येक टेस्ट ड्राइभमा निशुल्क फयूल कुपनसमेत उपलब्ध हुने कम्पनले जनाएको छ।

इसुजुका पिकअपहरु हाल सबैभन्दा बढि मन पाराइएको र सबै भन्दा बढि बिक्रि हुने लाइफस्टाइल पिकअपको रुपमा स्थापित भइसकेको छ ।

नेपाली बजारमा पाईने पिकअप मध्ये सबैभन्दा बढि बिषेशताहरु भएको र आकर्षक मूल्यमा पाईने पिकअपहरु मध्ये इसुजु पहिलो हो । हाइइण्ड फिचर्स र उच्चतम् वारेन्टि भएको कारण क्ष्क्ग्श्ग् छोटो समयमा नै नेपालमा सर्बाधिक बिक्री हुने लाइफस्टाइल पिकअप बन्न सफल भएको छ । हालै इसुजु भि–क्रसलाई Professional Pickup & 4×4 बाट Pickup of the Year 2019 Award प्राप्त गरेको छ । उक्त एक्सचेन्ज कार्यक्रममा ग्राहकहरुका लागि आकर्षक सुबिधाहरु समेत रहेको जानकारी गराउनुभयो । हाल नेपाल अधिराज्यभर १३ वटा इसुजु शाखा सञ्जाल रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री