आइतबार, २३ वैशाख २०८१

यी हुन् झुट बोल्दै महंगो खाना खाने प्रधानमन्त्री पत्नी,गरियो यस्तो कार्वाही

समयपोष्ट २०७६ असार २ गते ११:०५

Advertisement

इजराइलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूकी पत्नी सारा नेतन्याहूलाई राज्यकोषको दुरूपयोग गरेको भन्दै जरिवाना तिराइएको छ ।

सरकारले भान्सा र भान्से दुबैको व्यवस्था गरे पनि साराले भान्सा नभएको झुठो कुरा गर्दै बाहिरका रेष्टुरेन्टबाट महंगो खाना ल्याएर खाने गरेकी थिइन् ।

खानामा झन्डै १ लाख डलरबराबर पैसा राज्यकोषबाट दुरूपयोग गरेको अभियोग उनीमाथि लगाइएको छ।

सोही मुद्दामा आइतबार जेरूसेलमको एक अदालतले सारालाई १५ हजार डलर जरिमाना तिर्नु पर्ने फैसला गरेको छ । जरिमाना कम भए पनि उनी अब आपराधिक रेकर्डमा हुनेछिन् ।

Advertisement

गत वर्ष साराका वकिलले उनलाई बाहिरबाट त्यसरी खाना ल्याउनु हुँदैन भन्नेबारे जानकारी नगराइएको तर्क गरेका थिए ।

पत्नीको बचाउ गर्दै बेन्जामिनले उनका काममा कुनै गल्ती हुन नसक्ने बताएका छन् ।

बेन्जामिन आफैं पनि घुस र धोकाधडीका तीन मुद्दा खेपिरहेका छन् । यी मुद्दाको अन्तिम सुनुवाइ आगामी अक्टोबरमा हुने तय भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री