मंगलबार, ३१ असार २०७६

नचिनेको युवकले म्यासेजमा आफ्नो लिंग पठाएपछि युवतीले फकाईन यस्तो अनौठो जवाफ

समयपोष्ट २०७६ असार १ गते २०:५३

व्रिटेनकी एक महिलालाई नचिनेको युवकले आफ्नो लिंगको फोटो पठाएपछि युरोपमा हंगामा मच्चिएको छ ।

नचिनेको पुरुषले लिंग नै पठाएपछि महिलाले पनि कडा जवाफ दिएकी छिन् । जसलाई बहादुरी कदम भनेर मानिसहरुले प्रशंसा गरिरहेका छन् ।

व्रिटेनकी समांताले म्यानेष्टरको एक होटलबाट सामाजिक सञ्जाल फेसबुकमा स्टाटस पोस्ट गरेकी थिइन् । त्यसको लगत्तै एक नचिनेका पुरुषले कमेन्ट गरे– ‘आफ्नो इन्बक्स चेक गर ।’

 

समांताले इनबक्स चेक गर्दा जेम्स नामका ती पुरुषले म्यासेजमा समांतालाई आफ्नो लिंगको फोटो पठाएका थिए ।

बीबीसीका अनुसार पहिला त सामांताले सोचिन यो हर्कतलाई त्यसै सहेर बसौं । जस्तो कि अधिकांश हामी महिलाहरुको परम्परा सिकाइएको हुन्छ । तर, उनले यो हर्कतविरुद्ध लाग्ने र अरु पुरुषले यस्तो हर्कत नगरुन भन्ने पाठ सिकाउन लाग्ने सोचिन् ।

 

त्यसपछि सामांताले ती पुरुषलाई जवाफमा लिंगका थुप्रै फोटो पठाउन सुरु गरिन् । जसमा कोही रंगीन र कार्टुन लिंग थिए । समांताले जब यस्ता लिंगका फोटो जेम्सलाई पठाउन थालिन तब जेम्सले जवाफमा भने– अब न पठाउ मलाई वान्ता हुने जस्तो भइसक्यो । फेरि उनले अगाडि म्यासेज लेखे– मैलै जे पनि म्यासेज पठाए कृपया त्यसलाई सार्वजनिक नगरिदिनुहोला ।

बीबीसीसँग कुरा गर्दै सामांताले भनिन्– म सबै पुरुषलाई बताउन चाहन्छु कि सबै महिला यस्तो हर्कत सहन सक्दैन् । चुप लागेर बस्न सक्दैनन् । तपाईको इज्जत सबैको अगाडि नांगो पार्नेछु । समांताले यो पूरा शब्दलाई फेसबुकमा पनि पोस्ट गरेकी छिन् । कैयौ मानिसले शेयर पनि गरेका छन् । एजेन्सी

प्रतिक्रिया