शुक्रबार, २ साउन २०८२

ल हेर्नुहोस नेपाली गीतमा सन्नीको धमाकेदार डान्स (भिडियो)

समयपोष्ट २०७६ जेठ ३१ गते ११:५७

 

पुर्व पोर्न स्टार तथा  बलिउड नायिका सन्नी लियोनीको नेपाली गीतमा डान्स गरेको भिडियो सार्वजनिक भएको छ ।

नेपाली चलचित्र ‘पासवर्ड’को  ‘आजको साम’ बोलको गीतमा सन्नीले  धमाकेदार आइटम डान्स गरेकी छिन् । उनले यो गीतको लागि भारु २ करोड  लिएको समेत चर्चा छ ।

भिडियोमा नायिका सन्नी लियोनी र नायक अनुप विक्रम शाही र विक्रम जोशीलाई देख्न सकिन्छ । यस चलचित्रमा नायक अनुप विक्रम शाहीले फरक खालको भूमिका निभाएका छन् ।

विक्रम जोशीको शब्दमा बनेको गीतमा अर्जुन पोखरेलले संगीत भरेको हुन् भने दुर्गा खरेलले समधुर स्वर दिएकी छन् । चलचित्रको मुख्य भूमिकामा अनुप विक्रम शाही, विक्रम जोशी, वुद्दि तामाङ, रविन्द्र झा, प्रविण खतिवडा लगायतका कलाकार रहेका छन् ।

विष्णु देवाले कोरियोग्राफी गरेको भिडियोलाई अमर जीत सिंहले छायांकन गरेका हुन् । अमित बस्नेत र हिराल जोशीले संयुक्त निर्माण गरेको चलचित्रलाई सम्राट बस्नेतले निर्देशन गरेका हुन् ।

चलचित्र ‘पासवर्ड’ आउँदो भदौ २७ गतेबाट देशभर प्रदर्शन हुँदैछ ।

https://www.youtube.com/watch?time_continue=3&v=TGNlBS9xXtI

प्रतिक्रिया

सम्बन्धित सामाग्री