शनिबार, ५ जेठ २०८१

२१ वर्षीया हट युवती देखेपछि एयरपोर्ट मै कर्मचारीले गरे यस्तो हर्कत ….(हेर्नुहोस् भिडियोमा)

समयपोष्ट २०७६ जेठ ३० गते ९:२५

Advertisement

हालै ब्रिटेनमा एउटा यस्तो रोचक घटना भयो जहाँ एउटा युवतीले आफ्नै पहिरनका कारण झण्डै विमानको यात्रा नै गुमाउनु परेको थियो ।

बर्मिंघम एयरपोर्टमा एक युवतीले छोटो कपडा लगाएको भन्दै विमान चढ्न दिइएन । एयरलाइन्सका कर्मचारीले उनको पहिरनलाई ‘भड्किलो’ भन्दै विमानभित्र प्रवेशमा रोक लगाएका थिए ।

उनलाई कर्मचारीले दुइ विकल्प दिए कि त आफ्नो शरीर ढाक्ने लुगा लगाऊ कि त विमान सवार नगर । बर्मिंघम एयरपोर्टमा २१ बर्षीय युवती आफ्नो परिवारसंग स्पेनको कैनेरी आइलैंड जान लागेकी थिइन। तर थोमस कुक एयरलाइन्सका कर्मचारीले कपडा छोटो देखेर बिमानमा चढ्न नै दिएन।

Advertisement

मिरर यूकेको रिपोर्ट अनुसार युवतीलाई एयरपोर्टमा सुरक्षा जांचमा रोकेन तर बिमानमा चढ्न लागेको बेला थोमस कुक एयरलाइन्सका चार कर्मचारीले कपडा भएन भन्दै फिर्ता पठाएका थिए।

युवती भन्छिन ‘यो मेरो जीवनको सबै भन्दा खराब पल हो।’ युवतीले लैंगिक भेदभावको आरोप लगाएकी छिन् । उनकै पछाडी उभिएको एक व्यक्तिलाई कपडा फेर्न लगाइन जबकी उनले सर्ट र वेस्ट टप लगाएकी थिइन् ।

युवतीले यो नराम्रो अनुभव ट्वीटर मार्फत शेयर गरेकी छिन। जुन अहिले सामाजिक संजालमा भाइरल भइरहेको छ ।

भिडियो

https://www.birminghammail.co.uk/news/midlands-news/woman-threatened-removal-thomas-cook-15967287

एमिलि ओकोनोर नामकी युवतीले कपडा फेर्न नमानेपछि एयरलाइन्सका एक कर्मचारीले उनको ब्यागसहित बाहिर निकाली दिएका थिए। त्यसपछि उनकै परिवारका एक सदस्यको ज्याकेट लगाएर उनले विमान चढेकी थिइन् ।

एमिलीको ट्वीटपछि भने यस्तो असंवेदनशील व्यवहार देखेर सबैले थामस कुक एयरलाइन्सको आलोचना गरे । त्यसपछि एयरलाइन्सको प्रवक्ताले युवतीसंग व्यक्तिगत र आधिकारिक बयान जारी गरि माफी मागेका छन्।

 

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री