शनिबार, ८ वैशाख २०८१

अव मर्जरमा नगए अस्वस्थ प्रतिस्पर्धा हुन थाल्छ : युनियन लाइफका सीईओ मनोजकुमार लाल कर्णको अन्तर्वार्ता

समयपोष्ट २०७६ जेठ २० गते ९:५२

Advertisement

यति धेरै लाइफ इनस्योरेन्स कम्पनीहरू छन्, युनियन लाइफ इन्स्योरेन्स किन रोज्ने ?

पहिलो कुरा बीमा जहाँ गर्दा पनि हुन्छ । तर प्रत्येकले अनिवार्यरूपमा बीमा गर्नै पर्छ । हामीले जहाँ–जहाँ शाखा खोलेका छौँ, त्यहाँ–त्यहाँ पोलिसी जारी गरिदिन्छौँ । हामी सेवाप्रति एकदम केन्द्रित गरेका छौँ । जुन कम्पनीले अभिकर्ताहरूको कमिसन समयमा नै दिन्छ । पोलिसीहरू समयमै जारी गर्छ, दाबी भुक्तानी समयमै गर्छ, त्यस कम्पनीसँग व्यवसायको रकम बढी हुन्छ । हाम्रो कम्पनी यो पार्टमा निकै बलियो छ । त्यस कारण पनि हाम्रो कम्पनीमा बढीभन्दा बढी व्यक्तिहरूको बीमा भइरहेको छ ।

समय–समयमा यस कम्पनीका अभिकर्ताहरूलाई तालिम दिएर बजारमा पठाउँछौँ । जसले गर्दा बढीभन्दा बढी अभिकर्ताहरू यस कम्पनीमा व्यवसाय गरिरहनुभएको छ । हामीले व्यवसायिक अभिकर्ता उत्पादन गरिरहेका छौँ । विगतमा यो अवस्था थिएन । जति व्यवसायिक अभिकर्ता हुनुपर्ने हो, त्यो थिएन । हामीकहाँ पार्टटाइम अभिकर्ता पनि छन् । जागिर नै छाडेर फुलटाइम काम गर्ने अभिकर्ताहरू पनि छन् । यो सबै हामीले दिने तालिमले गर्दा नै सम्भव भएको हो । फुलटाइम अभिकर्ता हुँदा जागिर ट्रान्सफर भएर कुनै अन्य स्थानमा स्थानान्तरण हुने समस्या हुँदैन । प्रिमियम समयमा नबुझाउँदा पोलिसी ल्याप्स हुने बढी सम्भावनासमेत हुन्छ । त्यसले गर्दा बढीभन्दा बढी व्यवसायिक अभिकर्ताहरू उत्पादन गर्नका लागि हामीले तालिमलाई केन्द्रित गरेका हौँ । त्यस कारण कम्पनीले दिने सेवाका कारण पनि हाम्रो कम्पनीमा आकर्षण बढ्दो छ ।

पछिल्लो समय बैङ्कहरूले धमाधम बैङ्कास्योरेन्स गरिरहेका छन्, यो कुनै ऐन नियममा छैन भनिन्छ, अर्कोतिर यसले अभिकर्तालाई कस्तो असर गर्दछ ?

नेपालमा बैङ्कासुरेन्स छँदै छैन । सबै कर्पाेरेट एजेन्सी हो । बैङ्कासुरेन्सको आफ्नै रूपरेखा हुन्छन् । कुनै बैङ्कको इन्स्योरेन्सको हिसाबले गइरहेकै छैनन् । बजारमा थाहा नभएर बैङ्कास्योरेन्स भनिएको हो ।

 

नेपालमा बैङ्कासुरेन्स छँदै छैन । सबै कर्पाेरेट एजेन्सी हो । बैङ्कासुरेन्सको आफ्नै रूपरेखा हुन्छन् । कुनै बैङ्कको इन्स्योरेन्सको हिसाबले गइरहेकै छैनन् । बजारमा थाहा नभएर बैङ्कास्योरेन्स भनिएको हो । त्यो कर्पोरेट एजेन्सीले लिएको छ । ती संस्थागत अभिकर्ता हुन् । जसरी एक व्यक्तिले बीमा व्यवसाय सुरु गर्नुअघि बीमा समितिबाट लाइसेन्स लिएको हुन्छ, त्यसरी बैङ्कले पनि कर्पोरेट एजेन्सी लिएको हुन्छ । कर्पोरेट एजेन्सीबाट बैङ्कले आफ्ना ग्राहकहरूको बीमा गर्ने हो । त्यो बैङ्कास्योरेन्स होइन । कर्पोरेट एजेन्सीमार्फत् बीमा गरिएको हो ।

अहिले बीमाको सम्पूर्ण बजार नै खाली छ । भन्नुको अर्थ मात्र सत्र प्रतिशत बीमा भएको छ । ५० लाखको बीमा गर्नुपर्नेले मात्र ५ लाखको बीमा गरेका छन् । १ करोडको गर्नुपर्नेले दश लाखको गरेका छन् । त्यो अण्डर इन्स्योरेन्स हो । सत्र प्रतिशतमा पनि मुस्किलले तीन प्रतिशतको मात्र पूरा मूल्यको बीमा गरिएको होला भन्ने अनुमान छ । त्यस कारण त्यही बजारमा बैङ्कले कर्पोरेट एजेन्सी लिएर जुन बीमा गरिरहेको छ, त्यसले व्यक्तिगत अभिकर्तालाई मर्का पर्ला जस्तो मलाई लाग्दैन । बैङ्कका ग्राहकहरूको मात्र बीमा गरिएको हो । बैङ्कले बजारमा घुमी–घुमी बीमा गरेको छैन । मार्केट जहाँ खाली हुँदैन, त्यहाँ सेचुरेसन हुन्छ । त्यस कारण त्यस्तो अवस्था आउन अझै बीस–पच्चीस वर्ष लाग्छ ।

तर बैङ्कहरूले आफ्ना कर्मचारीहरूलाई एउटा टार्गेट दिएरै बीमा गराउन लगाइरहेका छन् । यसले पोलेसी ल्याप्स हुने सम्भावना कत्तिको हुन्छ ?

बैङ्कले बीमा कसलाई गरेको छ त ? बैङ्कले टार्गेट दिएर पोलिसी लिएर सर्वसाधारणलाई बीमा गर्न गएको छ भने पोलिसी ल्याप्स हुन्छ तर बैङ्कहरूले त्यसो गरेका छैनन् । बैङ्कहरूले आफ्नै ग्राहकहरूको बीमा गरेको हुनाले पोलिसी ल्याप्स हुने सम्भावना कम हुन्छ । जहाँसम्म टार्गेटको कुरा छ, त्यो हरेक ठाउँमा हुन्छ । फेरि बैङ्कको आफ्नै साइड छ । प्रेसर हरेक ठाउँमा हुन्छ । आफ्नै ग्राहकको बीमा गर्ने प्रेसर कर्मचारीलाई हुन्छ नै । त्यस कारण अनावश्यक रूपमा बजार पठाएर बीमा गर्नुहोस् भनेको भए त्यो गर्नुहुँदैन थियो । त्यो बैङ्कले गरेका छैनन् ।

नक्कली बीमा पोलिसीका कुराहरू आइरहेका छन् । यसलाई नियन्त्रण गर्न के गर्नुपर्ला ?

पहिले व्यक्तिगतरूपमा बीमा गर्दा त्यसो भएको हो । संस्थागतरूपमा त्यस्तो भएको छैन । त्यतिबेला साइडमा एजेन्सी लिएको वा त्यस्तै व्यक्तिहरू आएर डुप्लिकेट पोलिसी बनाइदिने सम्भावना हुन्थ्यो । तर अहिले त्यो पुलमा गइसकेको छ । त्यो सम्भावना कम खत्तम भइसक्यो ।

तपाईंको अनुभवमा जीवन बीमा चुनौती के छन् ?

हरेका ठाउँमा चुनौतीसँगै सम्भावना पनि हुन्छन् । अहिले बजार पूरै खाली छ । त्यो हिसाबले सम्भावना बढी छ । तर अहिले एक कम्पनीबाट अर्को कम्पनीमा कर्मचारी जाने–आउने भएको छ, त्यो राम्रो होइन । हामी हाम्रो कम्पनीमा स्टाफहरू बाहिरबाट लिन्छौँ । उनीहरूलाई पन्ध्र–बीस दिनको तालिम दिएर शाखा अथवा सेल्स जहाँ–जहाँ सेन्टर राखेका छौ, त्यहाँ पठाउँछौँ । अन्य कम्पनीबाट कर्मचारी तान्नु गलत हो ।

नेपालमा दुई करोड नब्बे लाख जनसङ्ख्यालाई यहाँ भएका जीवन बीमा कम्पनी धेरै नै हुन् । बीमा समितिले मर्जरको नीति ल्याएको छ । अब हेरौँ के हुन्छ ।

अहिले जुन हिसाबले बीमा कम्पनीे बजारमा खुलेका छन्, त्यो धेरै भयो । नेपालमा १९ वटा जीवन बीमा कम्पनी हुनु भनेको अत्यधिक हो । एक सय तीस करोड जनसङ्ख्या भएको छिमेकी मुलुक भारतमा २४ वटा लाइफ इन्स्योरेन्स कम्पनी छन् । नेपालमा दुई करोड नब्बे लाख जनसङ्ख्यालाई यहाँ भएका जीवन बीमा कम्पनी धेरै नै हुन् । बीमा समितिले मर्जरको नीति ल्याएको छ । अब हेरौँ के हुन्छ ।

त्यसो भए मर्जरको आवश्यकता महसुस भइसकेको हो ?

मर्ज त अत्यावश्यक छ । अहिले मर्ज भएन भने दुई–चार वर्षमा अस्वस्थ प्रतिस्पर्धा हुन थाल्छ । यति सानो मुलुकमा १९ वटा जीवन बीमा कम्पनीहरू धेरै भए । त्यस कारण बीमा समितिले मर्ज गर्ने नीति ल्याएको छ, त्यो हुनुपर्छ । सबैभन्दा पहिले क्रस होल्डिङबाट मर्जर सुरु गर्नुपर्छ । त्यो त्यति अप्ठ्यारो हुँदैन । एउटै प्रमोटरको यहाँ पनि चार ठाउँमा छ भने त्यसलाई मर्ज गर्न खासै समस्या हुँदैन ।

बजार अब हल्का–हुल्का सेचुरेसनमा जान्छ, त्यतिबेला पाँचवटा भयो भने ठीक हुन्छ ।

 

नेपालको सन्दर्भमा बढीमा पाँचवटा जीवन बीमा कम्पनी भयो भने हुन्छ । तर अहिले नै हुनुपर्छ भन्ने जरुरी छैन । बजार अब हल्का–हुल्का सेचुरेसनमा जान्छ, त्यतिबेला पाँचवटा भयो भने ठीक हुन्छ ।

बीमा समितिले एकातिर नयाँ लाइसेन्स बाँढेको छ । फेरि मर्जरको कुरा ल्याएको छ, यसलाई कसरी लिनुभएको छ ?

चौसठ्ठी सालमा दर्ता भएका कम्पनीलाई लाइसेन्स दिइएको हो । चौसठ्ठी सालमा दर्ता भएका चार कम्पनीलाई दिने तर अरूलाई नदिने गर्दा त्यो उचित हुँदैन थियो । अब त्यो फाइल क्लोज भएको छ । त्यसैले दिएको राम्रै भयो । अहिले व्यापार पनि बढिरहेको छ । पहिला बीमाको पहुँच प्रतिवर्ष तीन प्रतिशत, साढे तीन प्रतिशतले बढ्थ्यो भने अहिले छ प्रतिशतले बढेको छ । अर्को वर्ष चौध हुन्छ, चौधपछि एकैचोटि बीस प्रतिशत हुन्छ । अर्को साल छ सात प्रतिशतले बढ्छ र चालीस प्रतिशत व्यक्तिले बीमा गरिरहेका हुन्छन् । त्यतिबेला उन्नाईसवटा बीमा कम्पनी धेरै हुन्छन् ।

तपाईंको कम्पनीका आगमी योजना के छन् ?

तालिम नदिई पोलिसी जारी गर्न मिल्दैन । हरेक क्षेत्रमा तालिम दिएर आफ्नो उपस्थिति बलियो बनाउने र जसले गर्दा सही ढङ्गले व्यवसाय विस्तार होस् ।

हामी शाखा विस्तार गर्ने र नयाँ प्रडक्ट ल्याउने योजनामा छौँ । दुई–तीनवटा प्रडक्ट तयार भइसकेका छन् । अहिले हामीसँग दशवटा प्रडक्टहरू छन् । जहाँ–जहाँ पोलिसी जारी भइराखेका छन्, त्यहाँका स्टाफहरूलाई तालिम दिने । तालिम नदिई पोलिसी जारी गर्न मिल्दैन । हरेक क्षेत्रमा तालिम दिएर आफ्नो उपस्थिति बलियो बनाउने र जसले गर्दा सही ढङ्गले व्यवसाय विस्तार होस् । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री