शुक्रबार, १६ चैत २०८०

१६८ स्थानीय तहमा मतगणना जारी : आयोग

समयपोष्ट २०७४ असार १५ गते ६:०९

प्रदेश नम्बर १, ५ र ७ मा बुधबार सम्पन्न स्थानीय निर्वाचनको ३३४ स्थानीय तहमध्ये १६८ स्थानीय तहमा मतगणना जारी छ ।  

Advertisement

निर्वाचन आयोगले दिएको जानकारी अनुसार आज बिहान ९ः३० बजेसम्म १६८ स्थानीय तहमा मतगणना शुरु भएको हो ।

आयोगका अनुसार  प्रदेश १ का १३७ स्थानीय तहमध्ये १०८, प्रदेश ५ का १०९ स्थानीय तहमध्ये ३४ र प्रदेश ७ का ८८ स्थानीय तहमध्ये २६ स्थानीय तहमा मतगणना भइरहेको छ ।

आयोगका अनुसार बुधबार सम्पन्न दोस्रो चरणको स्थानीय निर्वाचनमा ७३.६९ प्रतिशत मत खसेको छ । 

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री