शुक्रबार, १४ वैशाख २०८१

मतदाता परिचय पत्र नभए पनि भोट हाल्न पाईने ,तर साथमा यि कुरा नछुटाउँनुहोस्

समयपोष्ट २०७४ असार १३ गते ९:०२

मतदाता नामावलीमा नाम भएको तर, साथमा मतदाता परिचय पत्र नभएका नागरिकले मतदान गर्न पाउने भएका छन् । निर्वाचन आयोगले मतदाता परिचयपत्रका अतिरिक्त अन्य सरकारी कागजातलाई पनि मान्यता दिने निर्णय गरेको छ ।

Advertisement

आयोगका अनुसार फोटोसहितको मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले मतदाता परिचयपत्रका अतिरिक्त नेपाली नागरिकताको प्रमाणपत्र वा २०७० सालमा निर्वाचन आयोगबाट जारी गरिएको मतदाता परिचयपत्रका आधारमा पनि मतदान गर्न पाउने छन् । 

 यस्तै राहदानी, लाइलेन्स, जग्गाधनी प्रमाणपत्र वा सरकारी निकायबाट फोटोसहित जारी भएको परिचयपत्र देखाएर पनि मतदान गर्न पाइनेछ । 

आयोगका अनुसार‘मतदाता नामावलीमा नाम समावेश भएका तर  कुनै कारणवशः मतदाता परिचयपत्र प्राप्त गर्न नसकेमा वा प्राप्त गरेका मतदाताले परिचयपत्र हराएमा वा नष्ट भएमा निजको मताधिकार सुनिश्चित गर्न यो निर्णय लिएको हो’  ।

साथै मतदाता नामावली तथा मतदाता परिचयपत्रमा सामान्य त्रुटि पाइएमा सानोतिनो भूलचुक मान्ने र नागरिकता प्रमाणपत्रको विवरणलाई मूल आधार लिई मतदान गर्न दिने व्यवस्था मिलाइएको आयोगले जनाएको छ ।

 प्रदेश १, ५ र ७ मा भोलि दोस्रो चरणको निर्वाचन हुँदैछ । तीन प्रदेशका ६४ लाख ३२ हजार ७६५ मतदाताले मतदान गर्नेछन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री