बिहीबार, १३ वैशाख २०८१

कुमारी बैंकले असार १२ गते एकिकृत कारोबार थाल्ने भनेपनि किन सार्यो मिति

समयपोष्ट २०७४ असार १३ गते ६:२६

कुमारी बैंकले तीन विकास बैंक र एक फाईनान्स कम्पनीलाई गाभेर असार १६ गतेदेखि एकीकृत कारोबार थाल्ने भएको छ । बैंकले महाकाली विकास बैंक, काक्रेविहार विकास बैंक र पश्चिमाञ्चल फाइनान्स कम्पनीलाई गाभेर एकीककृत कारोबार सुरु गर्न लागेको हो ।

Advertisement

बैंकले यसअघि असार १२ गतेदेखि एकीकृत कारोबार थाल्ने सूचना जारी गरेको थियो ।  विशेष कारणबश तोकिएको मितिमा कारोबार हुन नसकेको बैंकले जनाएको छ । बैंकले गत जेठ १७ गते नेपाल राष्ट्र बैंकबाट विलयको अन्तिम स्वीकृति पाईसकेको छ भने कम्पनी रजिष्ट्रारको कार्यालयबाट असार १ गते स्वीकृति पाएको थियो ।

चुक्ता पूँजी पाँच अर्ब ९७ करोड रुपैंया रहेको बैंकले विलय पछि ‘कुमारी बैंक लिमिटेड’को नामबाट एकीकृत कारोबार सुरु गर्नेछ ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री