शुक्रबार, ७ वैशाख २०८१

होन्डाको ‘क्लिक’ बजारमा

समयपोष्ट २०७४ असार १२ गते १०:२७

होन्डाले भारतीय बजारमा नयाँ र सस्तो स्कुटर 'क्लिक' सार्वजनिक गरेको छ । नयाँ स्कुटर दैनिक प्रयोजनका लागि उपयोगी हुने कम्पनीको दावी छ ।

Advertisement

स्कुटरमा चार्जिङ सकेट, लेग रुम, अन्डर सिट स्टोरेज, १४ लिटरको अन्डरसिट स्टोरेज र धेरै वजन बोक्न सक्ने क्षमता छ रहेको छ । होन्डा क्लिकमा १ सय १० सिसीको इन्जिन छ, जसले ८ बीएचपीको पावर र ८.९४ एनएमको टर्क प्रदान गर्छ । 

राम्रो ब्रेकिङका लागि यसमा कम्बो ब्रेकिङ सिष्टम राखिएको छ । स्कुटरले ६० किलोमिटरको माइलेज दिने कम्पनीको दाबी रहेको छ । क्लिक महिला र पुरुष दुबैलाई लक्षित गरी बजारमा ल्याइएको कम्पनीले जनाएको छ । 

कम्पनीका अनुसार ग्रामीण इलाकामा कम बजेट भएका ग्राहकलाई अटोमेटिक स्कुटर उपलब्ध गराउने लक्ष्यका साथ होन्डाले 'क्लिक' उत्पादन गरेको हो । यसको मुल्य ६७ हजार ९ सय ९८ भारतिय रुपैयाँ तोकिएको छ । 

एजेन्सी

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री