शुक्रबार, १४ वैशाख २०८१

मुग्लिन–नारायणगढ सडकखण्डमा पहिरोले प्रहरी भ्यान पुरिदा दुई प्रहरीको मृत्यु, दुई बेपत्ता

समयपोष्ट २०७४ असार ९ गते ४:४३

नारायणगढ मुग्लिन सडकखण्डको कालीखोला नजिकै गए राति खसेको पहिरोले प्रहरीको भ्यान पुरिदा दुई जना प्रहरीको मृत्यु भएको छ । मृत्यु हुँनेमा प्रहरी सहायक निरीक्षक निश्चल तामाङ र दीपक मास्के रहेका छन् भने अन्य दुई जना हराईरहेका छन् ।

Advertisement

 गएराति ११ बजेदेखि पहिरोले अवरुद्ध सडक निरीक्षण गर्न गएको प्रहरी टोलीको ना १ झ १३९० नम्बरको प्रहरी भ्यान निरीक्षण गरेर फर्किने क्रममा पहिरोले पुरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

घटनास्थलबाट प्रहरी सहायक निरीक्षक निश्चल तामाङ र प्रहरी जवान दिपक मास्केको शव फेला परेको चितवन प्रहरीले जानकारी दिएको छ । प्रहरी जवानहरु सन्दिप कार्की र लिलबहादुर चेपाङको भने प्रहरीले खोजी  गर्दैछ । 

प्रहरीको भ्यानसँगै अर्को एउटा ट्रक समेत पहिरोले पुरेको छ ।  प्रहरीका अनुसार ना ५ ख ७८२७ नम्बरको ट्रक पहिरोले सोहोरेर त्रिशुली नदीमा खसेको छ भने  ट्रकका सहचालक मकवानपुर मनहरीका १९ वर्षीय सानु भोलन गम्भीर घाइते भएका छन् ।

उनलाई प्रहरीले घटनास्थलबाट उद्धार गरेर उपचारका लागि भरतपुर पुर्याएको छ ।  ट्रक चालक भने हामफालेर ज्यान जोगाउन सफल भएका छन् ।

 

 

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री