बिहीबार, १३ वैशाख २०८१

सेयर निष्काशन अनुमति माग्न युनिक हाईडेल पुग्यो धितोपत्र बोर्ड, ५ करोड ५० लाख रुपैयाँ बराबरको सेयर निश्कासन गर्ने

समयपोष्ट २०७४ असार ७ गते ५:५७

युनिक हाईडेल कम्पनी लिमिटेडले पहिलो चरणको सेयर निष्काशन गर्न धितोपत्र बोर्डमा निवेदन दिएको छ । पहिलो चरणमा ५ करोड ५० लाख रुपैयाँ बराबरको सेयर उद्योग प्रभावित क्षेत्र सिन्धुपाल्चोकबासीका लागि निष्काशन गर्न धितोपत्र बोर्डमा निवेदन दिएको हो । 

Advertisement

दोस्रो चरणमा कम्पनीले करिब १६ करोड ५० लाख रुपैयाँ बराबरको सेयर सर्वसाधारण, सामूहिक लगानी कोष र कर्मचारीको लागि निष्काशन गर्ने कम्पनीले जनाएको छ ।  सिन्धुपाल्चोकका स्थानियबासीका लागि सेयर जारी गरेर बाँडफाँड गरिसकेपछि मात्र कम्पनीले सर्वसाधारणका लागि सेयर जारी गर्नेछ ।

साधारण सेयर जारी गर्न  कम्पनीले एनएमबि क्यापिटललाई विक्री प्रबन्धक नियुक्त गरेको छ । युनिक हाईडेल कम्पनीको बराम्ची खोलामा बाराम्ची हाईडोईलोक्ट्रीक आयोजना ४ दशमलव २ मेगावाटको सञ्चालनमा रहेको छ । सुरुमा उत्पादन क्षमता १ मेगावाट रहेको यस आयोजना बि.सं २०६७ मा स्तरोन्नती गरि ४.२ मेगाबाट बनाईएको हो ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री