शनिबार, ८ वैशाख २०८१

एभरेष्ट इन्स्योरेन्सले सुचना चुहाएको आरोप लगाउँदै रोकियो सेयर कारोबार

समयपोष्ट २०७४ असार ६ गते ६:५४

नेपाल धितोपत्र बोर्डले एभरेस्ट इन्स्योरेन्स कम्पनीको सेयर कारोबार रोक्न नेप्सेलार्इ निर्देशन दिएको छ ।

Advertisement

नेपाल धितोपत्र बोर्डले कारोबार रोक्न निर्देशन जारी गरेपछि नेप्सेले कम्पनीको सेयर कारोबारमा रोक लगाएको छ । 

कम्पनीले सुचना चुहावट गरेको भन्दै धितोपत्र बोर्डले नेप्सेलार्इ सेयर कारोबार रोक्न निर्देशन दिएको हो । 

बोर्डका अनुसार एभरेस्ट इन्स्योरेन्सले ६ सय प्रतिशत हकप्रद र २० प्रतिशत बोनश सेयर दिने सुचना पहिलेनै चुहावट गरेको थियो  ।

एभरेष्टले हकप्रदको सूचना समेत सम्वन्धित निकायलार्इ नदिएको आरोप बोर्डले लगाएको छ।

संवेदनशील सूचना चुहिएको भन्दै बोर्डले अनुसन्धानका लागि एभरेष्टको कारोबार रोक्न बोर्डले नेप्सेलार्इ पत्र पठाएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री