शुक्रबार, १४ वैशाख २०८१

यातायात ब्यवस्था विभागले नयाँ लाइसेन्स वितरण रोक्यो

समयपोष्ट २०७४ असार ६ गते ६:०१

यातायात ब्यवस्था विभागले स्थानीय तहको चुनावका लागि  विभागका कर्मचारी जिल्लामा खटिएपछि २१ गतेसम्मका लागि नयाँ लाइसेन्स वितरण रोकेको छ ।

Advertisement

यससंगै विभागले उपत्यकामा लाइसेन्सको आवेदन, लिखित परीक्षा र ट्रयाल समेत रोकेको हो । २१ गतेपछि भने विभागले पूर्ण रुपमा अनलाइन सेवा प्रारम्भ गर्ने तयारी गरिरहेको छ । 

विभागले उपत्यकामा आवेदनको लागि अनलाइन सिस्टम सुरु गरेपनि सर्भरले समय-समयमा काम नगरेपछि डाटा इन्ट्री नहुँने समस्या पटक-पटक आउने गरेको छ । 

२१ गतेपछि भने त्यो समस्या हट्ने र पूर्ण रुपमा अनलाइनबाट मात्रै आवेदन बुझ्ने ब्यवस्था गर्न लागिएको यातायात ब्यवस्था विभागले जानकारी दियो । 

अनलाइन फारमको व्यवस्थापछि यातायात व्यवस्था विभागमा घन्टौं लाइन बस्नु पर्ने बाध्यता लगभग हट्नेछ ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री