बिहीबार, १५ चैत २०८०

खुल्यो मिर्मिरे माइक्रोफाइनान्स डेभलपमेन्ट बैकको हकप्रद

समयपोष्ट २०७४ असार ५ गते ५:४५

मिर्मिरे माइक्रोफाइनान्स डेभलपमेन्ट बैकले सोमबारबाट हकप्रद सेयर निस्कासन गरेको छ ।  बैकले चुक्ता पूँजीको  ५० प्रतिशतका दरले हकप्रद निस्कासन गरको हो ।

Advertisement

बैंककले जेठ १६ गतेसम्म कायम भएका सेयर धनीका लागि साउन ८ गतेसम्म बिक्री खुल्ला हुने जनाएको छ । बैंकको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल रहेको छ ।

लगानीकर्ताले हकप्रद खरीदका लागि प्रभु क्यापिटल कमलादी, मार्इक्रोफाइनान्सका केन्द्रीय कार्यालय बनेपा तथा शाखा कार्यालयहरु चितवनको भरतपुर, नवलपरासीको फेनहरा, मकवानपुरको हटौडा, दोलखाको चरिकोट, धादिङको पशुपतिडाँडा, रसुवाको कालिकास्थान तथा प्रभु बैंकका शाखा कार्यालयहरु रंगेली रोड विराटनगर, आदर्शनगर विरगञ्ज, मिलनचोक बुटवल, गोदावरी रोड धनगडी र सुर्खेत रोड नेपालगञ्जबाट आवेदन दिन सक्नेछन् । 

हाल बैंकको चुक्ता पूँजी तीन करोड रुपैयाँ रहेको छ। बैंकले १ लाख ५० हजार कित्ता हकप्रद बिक्रीपछि बैंकको चुक्ता पूँजी ४ करोड ५० लाख पुग्नेछ। 

प्रतिक्रिया

सम्बन्धित सामाग्री