बिहीबार, १५ चैत २०८०

असार १८ गते सेञ्चुरी बैंकको विशेष साधारसभा

समयपोष्ट २०७४ असार ४ गते ९:२८

सेञ्चुरी कर्मसियल बैंकले  असार १८ गते विशेष साधारणसभा बोलाएको छ । बैंकले सगरमाथा फाईनान्सलाई प्राप्ती गर्ने विशेष प्रस्ताव राखेर साधारणसभा बोलाएको हो । 

Advertisement

उता सगरमाथा फाईनान्स कम्पनीले समेत सोही दिन विशेष साधारणसभा बोलाएको छ । 

साधारणसभाले सम्पत्ति तथा दायित्व मूल्यांकनबाट निर्धारण गरिएको सगरमाथाको एक सय कित्ता बराबर सेञ्चुरीको ९५ कित्ता सेयर अनुपात स्वीकृत गर्ने तथा अन्य प्राप्ती सम्बन्धी  विशेष प्रस्तावहरु पारित गर्नेछ । 

बैंकले जेठ २८ मा अरनिको डेभलपमेन्ट र ईन्नोभेटिभ डेभलपमेन्ट बैंकलाई आफुमा समाहित गरी एकीकृत कारोबार थालिसकेको छ । 

सेञ्चुरीले इनोभेटिभ र अरनिको डेभलपमेन्ट बैंकलाई एक्वायर गरेपश्चात चुक्तापूँजी चार अर्ब ७१ करोड ३५ लाख पुर्याएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री