बिहीबार, १३ वैशाख २०८१

भोलीबाट एनसेलको ‘योण्डर क्याराओके प्रतियोगिता’ सुरु हुँदै,विजेतालाई सामसुङ्ग जे सेभन प्राइम मोबाइल

समयपोष्ट २०७४ असार ४ गते ५:४२

एनसेल प्राइभेट लिमिटेडले हरेक हप्ता ४ हप्तासम्म आकर्षक सामसुङ्ग जे सेभन प्राइम मोबाइल फोन जित्न सकिने ‘योण्डर क्याराओके प्रतियोगिता’ सुरु गर्ने घोषणा गरेको छ ।

Advertisement

गीत–संगीतका पारखीहरुलाई आफ्नो गायन प्रतिभा प्रस्तुत गर्ने अवसर प्रदान गर्ने उदेश्यले एनसेलले ‘योण्डर क्याराओके प्रतियोगिता’ सुरु गर्ने घोषणा गरेको हो ।

ग्राहकहरुमाझ लोकप्रिय बनिरहेको योण्डर म्युजिक एप प्रयोग गर्ने एनसेलका सबै ग्राहकले सोमबारबाट सुरु हुने प्रतियोगितामा सहभागि बन्न सक्नेछन् । ।

शनिबार कलाकार, संगीतकार तथा अन्य विशिष्ट व्यक्तित्वहरुको उपस्थितीमा उपत्यकामा आयोजित एक विषेश कार्यक्रम माझ यो प्रतियोगिता आयोजना गर्ने घोषणा गरिएको हो ।

एनसेलले जेठ १२ आफ्नो पिआरबिटी र टोन सेवा मार्फत गीत–संगीत क्षेत्रसँग रहेको आफ्नो सम्बन्धलाई थप विस्तार र परिस्कृत गर्दै, लाखौं गीतहरुमा निःशुल्क पहुँचको अवसर प्रदान गर्ने योण्डर म्युजिक एप सार्वजनिक गरेको थियो ।

स्न्याप क्याराओके जस्तो विषेशता रहेको यस एपमा प्रयोगकर्ताले आफुलाई मन पर्ने गीतको ट्रयाकमा गीत गाएर आफ्नो क्याराओके भिडियो बनाउन सक्नेछन् र २९ सेकेण्ड सम्मको भिडियो अरु योन्डर एप प्रयोगकर्ता तथा सामाजिक सञ्जालहरुमा शेयर गर्न सक्नेछन् ।

एनसेलका ग्राहकले स्न्याप क्याराओकेमा आफ्नो गीत रेकर्ड गरी फेसबुक र इन्स्टाग्राममा ३ःथकलबउपबचबयपभध्भभपज्ञ ट्याग सहित पोस्ट गर्नुपर्नेछ । क्याराओकेमा रेकर्ड गरिएको गीतहरु सामाजिक सञ्जालमा पोस्ट गर्नको लागि हरेक हप्ता ह्यास ट्याग छुट्टै हुनेछ । जस्तै दाश्रो हप्ताको क्याराओके प्रतियोतितामा सहभागिता जनाउन ग्राहकले ३ःथकलबउपबचबयपभध्भभपद्द ट्याग गरेर गीतहरु पोस्ट गर्नुपर्नेछ । यो साप्ताहिक प्रतियोगिता सोमबार देखि आइतबारको समय चक्रमा ४ हप्ता सम्म संचालनमा रहनेछ ।

यस प्रतियोतितामा प्रस्तोताले पोस्ट गरेको क्याराओके गीतले पाएको सबै भन्दा बढि लाइक र सेयरको आधारमा हरेक हप्ता १० उत्कृष्ट प्रस्तोताहरु छानिने छन् ।

उत्कृष्ट १० प्रस्तुतिमा पर्नका लागि स्पस्ट रुपमा लेखिएको ह्यास ट्गाय सहित कम्तिमा पनि १०० लाइक पाएको हुनु पर्नेछ । चार जना कलाकार रहने योण्डर स्पोक आर्टिस्टको निर्णायक मण्डलले हरेक हप्ता एक उत्कृष्ट प्रस्तोताको छनौट गर्नेछ । विजयी प्रस्तोताले पुनः प्रतियोगिता भाग लिन पाउने छैनन्।

हरेक हप्ता मंगलबार विजेताको घोषणा गरी पुरस्कार हस्तानतरण गरिने छ । प्रतियोगिताको विजेता काठमाडौ बाहिरबाट भएको खण्डमा नजिकैको एनसेल सेन्टरबाट पुरस्कार लिन सकिनेछ ।

योण्डर म्युजिक एप अन्तर्गत प्रयोगकर्ताले विना कुनै विज्ञापन तथा सदस्यता शुल्क २ करोड भन्दा बढि नेपाली र अन्तर्राष्ट्रिय गीत–संगीतहरुको लाइब्रेरीमा पहुँच पाउनेछन् र सहजै आफुलाई मनपर्ने गीतहरु अनलाइन सुन्न तथा डाउनलोड गरी अफलाइन सुन्न सक्नेछन् । मोवाइल डेटा प्रयोग गरी गीत डाउनलोड गर्दा विद्यमान डेटा शुल्क लाग्नेछ ।

एनसेलले फोरजी सेवा सुरु गरेको अवसरमा असार १६ गते सम्म एनसेलको फोरजी सेवा प्रयोग गर्ने ग्राहकले एक महिनाका लागि योण्डर म्युजिकमा निःशुल्क अनलाइन स्ट्रिमिङ्ग सेवाको मजा लिन सक्नेछन् । यसका लागि ग्राहकले ८३२४३ डायल गरी सेवा सुचारु गर्न सक्नेछन् ।

ग्राहकले गुगल एप स्टोर तथा एप्पल एप स्टोरबाट विषेशताले भरिएको यो एप सजिलै डाउनलोड गर्न सक्नेछन् । साथै नयाँ तथा पुराना लोकप्रिय कुनै पनि विधाका नेपाली गीत तथा अन्तर्राष्ट्रिय गीत–संगीतहरुको अनलाइन तथा अफलाइन मजा लिई रोमाञ्चक सांगीतिक यात्राको लाभ लिन सक्नेछन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री