बिहीबार, १३ वैशाख २०८१

यति कार्पेट उद्योगमा भीषण आगलागी,आठ घण्टापछि आगो नियन्त्रणमा

समयपोष्ट २०७४ असार ४ गते ४:५९

भक्तपुरको सल्लाघारीस्थित यति कार्पेट उद्योगमा भीषण आगलागी भएको छ । शनिबार राति करिब साढे ११ बजे सुरू भएको आगो करिब आठ घण्टापछि आइतबार बिहान नियन्त्रणमा आएको हो । आगो नियन्त्रणका लागि जुद्ध वारुण यन्त्रको २, नेपाली सेनाको २, काठमाडौंको २, ललितपुरको १, नेपाल प्रहरीको १ गरी ८ दमकलसहित नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको खटेका थिए। 

Advertisement

आगलागीबाट दुई वटा पक्की भवन, पाँच वटा जस्ताको टहरामा सञ्चालित कार्पेट उद्योग पूर्णरुपमा क्षति पुगेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ । आगलागीबाट कार्पेटका लागि आवश्यक कच्चा पदार्थ, २ वटा गाडी, डिजेल स्टोर, डीएफओ तेल स्टोर पूर्णरुपमा नष्ट भएको छ । 

उद्योगी अनिल केडियाद्वारा सञ्चालित कार्पेट उद्योगमा उद्योगसँगैको ट्रान्सफर्मर सर्ट भएर आगलागी  भएको बताईएको छ । आगलागीमा कति क्षति भयो भन्ने विवरण आउन बाँकी  छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री