शनिबार, ८ वैशाख २०८१

साताको अन्तिम दिन ५ अंकले बढ्यो शेयर बजार

समयपोष्ट २०७४ असार १ गते १०:१९

साताको अन्तिम दिन आज बिहिवार सेयर बजार ५ अंकले बढेको छ । नेप्से परिसुचक ५.१ अंकले उकालो लागेर १५८९.५९ अंकमा पुगेर बन्द भएको छ । यस दिन कारोबार रकममा पनि सुधार देखिएको छ। दिनभरीमा १५१ कम्पनीको ६७ करोड ३८ लाख रुपैयाँको सेयर किनबेच भएको छ।

Advertisement

दिनभरीमा बैंक सुचक साढे पाँच, बिमा सुचक सवा ११ अंक हाराहारीले बढेको छ। होटल २०, विकास बैक साढे ११, जलविद्युत डेढ, फाइनान्स साढे तीन अंकले बढेका छन्। उत्पादनमूलक सुचक ८ अंकले उक्लिएको छ भने अन्य सुचक करिव ३ अंकले झरेको छ।
एभरेष्ट बैंकको ६ करोड २१ लाख र स्ट्यान्डर्ड चार्टर्ड बैंकको पाँच करोड १५ लाख रुपैयाँको सेयर कारोबार भएको छ। सेन्ट्रल फाइनान्सका लगानीकर्ताले १० प्रतिशत हाराहारी कमाएका छन्। बढि कमाउनेमा नेशनल माइक्रोफाइनान्सका लगानीकर्तासमेत छन्। सबैभन्दा वढि ग्रिन डेभलपमेन्ट बैंकका लगानीकर्ताले गुमाएका छन्। 

प्रतिक्रिया

सम्बन्धित सामाग्री