शनिबार, ८ वैशाख २०८१

कर फर्छ्यौट ऐन संशोधन गर्न अर्थ समितिले सरकारलाई दियो निर्देशन

समयपोष्ट २०७४ असार १ गते १०:१४

व्यवस्थापिका संसदको अर्थ समितिले कर फर्छ्यौट ऐन संशोधन गर्नको लागि अर्थ मन्त्रालयलाई निर्देशन दिएको छ । बिहिबार बसेको अर्थ समितिको बैठकले  यही ऐनमार्फत बनेको कर फर्छ्यौट आयोगले दिएको कर छुट विवादित र भ्रष्टाचारउन्मुख देखिएको भन्दै कर फर्छ्यौट आयोग ऐन २०३३ लाई तत्काल संसोधन गर्न निर्देशन दिएको हो ।
कर फर्छ्यौट आयोगले गरेका निर्णयहरुमा अदालतमा प्रश्न उठाउन नपाइने जस्ता अधिकारसम्पन्न अधिकार दिएका कारण यसलाई आवश्यक संशोधन गर्न परेको अर्थ समितिका सभापति प्रकाश ज्वालाले जानकारी दिए । ‘पहिले ऐनलाई समयानुकुल बनाउने र अनिमात्र कर फर्छ्यौट आयोग गठन गर्ने निर्देशन भएको छ, उनले भने ‘ऐन संसोधन नभइ आयोग गठन हुँदैन ।’ 
कर छुटको विवादमा आन्तरिक राजश्व विभागका महानिर्देशक चुणामणि शर्मालाई अख्तियारले पक्राउ गरेको छ । उनी तत्कालीन कर फर्छ्यौट आयोगको सदस्य सचिवका रुपमा थिए । समितिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरिरहेको फाइलमा देखिएका दोषीलाई कडाभन्दा कडा कार्वाहि गर्न समेत निर्देशन दिएको छ। 
अख्तियारले २०७१ सालमा गठन भएको आयोगका पदाधिकारीले अनधिकृत कर छुट दिएको भन्दै अनुसन्धान गरिरहेको छ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री