शनिबार, ८ वैशाख २०८१

हिमालयन पावर पार्टनरको साधारण सेयर आजबाट खुल्यो ,असार पाँच गते आवेदन दिने अन्तिम मिती

समयपोष्ट २०७४ असार १ गते ६:३१

हिमालयन पावर पार्टनर कम्पनीले सर्वसाधरणका लागि आजबाट साधारण सेयर जारी गरेको छ । कम्पनीले एक सय रुपैयाँ अंकित मूल्यमा २१ करोड ३० लाख रुपैयाँ बराबरको २१ लाख ३० हजार ८३४ कित्ता आईपीओ जारी गरेको हो । कम्पनीको आईपीओमा कम्तिमा ५० कित्तादेखि बढीमा दश हजार कित्तासम्म आवेदन दिन सकिन्छ । 

Advertisement

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल रहेको छ । कम्पनीको आईपीओमा ग्लोबल आइएमई क्यापिटल जमल, हिमालयन पावर पार्टनर लिमिटेडको कार्यालय पानी पोखरी, ग्लोबल आईएमई बैंकका विभिन्न शाखा कार्यालयहरुबाट असार पाँच गतेसम्म आवेदन दिन सकिनेछ ।साथै आश्वा सेवा अनुमति प्राप्त ५२ वटा बैंक तथा वित्तीय संस्थाका ७५ जिल्लामा रहेका दुई हजार तीन सय आठ शाखा कार्यालय मार्फत समेत आवेदन दिन सकिनेछ । 

यसअघि लमजुङका स्थानीय बासिन्दालाई १० लाख ६५ हजार ४१७ कित्ता आइपीओ जारी गरेको कम्पनीले सर्वसाधारणका लागि २० प्रतिशत सेयर बिक्री गर्न लागेको हो । २१ लाख ३० हजार ८३४ कित्ता सेयरमध्ये कम्पनीले ४२ हजार ६१७ कित्ता सेयर कम्पनीका कर्मचारी र एक लाख छ हजार ५ सय ४२ कित्ता सामुहिक लगानीकोषका लागि छुट्याई सकेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री