शनिबार, ८ वैशाख २०८१

विविध कार्यक्रमको आयोजना गर्दै आईएमईले मनायो स्थापनाको १७औँ वार्षिकोत्सव

समयपोष्ट २०७४ जेठ ३१ गते ४:०४

नेपालको पहिलो रेमिटेन्स कम्पनी आईएमईले आफ्नो स्थापनाको १७औँ वार्षिकोत्सव “१७ औँ वार्षिकोत्सव नयाँ प्रविधिको” भन्ने मूल नाराका साथ विविध कार्यक्रमको आयोजना गर्दै मनाएको छ ।

Advertisement

बैंकिङ च्यानलमार्फत रेमिटेन्स भित्र्याउन १७ वर्षअघि आईएमई स्थापना भएको थियो । यो कम्पनीको स्थापनासँगै वैधानिक रुपमा रेमिटेन्स ल्याउने बाटो खुलेको थियो । कम्पनीका १ सय ५५ आईएमई सेन्टरसहित ७५ जिल्लामा ६१ सय भन्दा बढी सव एजेन्ट रहेको छ । वैदेशिक रोजगारीमा गएका नेपालीबाट सबैभन्दा बढी रेमिटेन्स भित्र्याउने कम्पनीमा आईएमई पर्छ ।
कम्पनीले सबैभन्दा बढी रेमिटेन्स भित्र्याएको आधारमा महत्वपूर्ण व्यवसायिक व्यक्ति सिआईपी सम्मान समेत पाएको छ । वार्षिकोत्सवका अवसरमा सत्र वर्षको निरन्तर सेवा लिने ग्राहकमध्येबाट विदेशबाट पैसा पठाउने र नेपालमा प्राप्त गर्ने १७ गरी कुल ३४ जनालाई लक्की ड्रमार्फत सम्मान गरिएको थियो ।

कार्यक्रममा कम्पनीका प्रवन्ध निर्देशक हेमराज ढकालले कम्पनीको सेवालाई अझै परिस्कृत र प्रविधिमैत्री बनाउने प्रतिवद्धता व्यक्त गरे । कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलले सेवाग्राहीको निरन्तर विश्वास र टीमको सहयोगले सफलता प्राप्त गरेको बताए ।

१७औँ वार्षिकोत्सवका अवसरमा आयोजित विभिन्न प्रतियोगितात्मक खेलकुदका विजेता तथा उपबिजेताहरुलाई प्रबन्ध निर्देशक हेमराज ढकालले पदक, ट्रफी एवम् शिल्ड प्रदान गरेका थिए  । कम्पनीमा कार्यरत उत्कृष्ट कर्मचारीहरुलाई उक्त अवसरमा सम्मान गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री