बिहीबार, १३ वैशाख २०८१

चार दिनपछि शेयर बजारमा सामान्य सुधार, सूचक ४.६३ अंकको वृद्धि

समयपोष्ट २०७४ जेठ ३० गते ११:४४

चार दिन लगातार घटेको शेयर बजारमा मंगलवार भने परिसुचक सामान्य बढेको छ ।  नेपाल स्टक एक्सचेन्ज (नेप्से) को कारोबार मापक सूचक ४.६३ अंकको वृद्धि संगै १५८५.१५ अंकमा उक्लिएको छ। 
 क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ०.९६ अंकको वृद्धि संगै ३३६.३६ अंकमा पुगेको छ। कारोबार खुले देखि घटेको बजार एक बजे पछि उकालो लागेको थियो। २ बजे १५९१ अंक छोएर बजार फेरि ओर्लिएको थियो। 
 मंगलबार १४३ कम्पनीको नौ लाख १८ हजार कित्ता शेयर ४९ करोड रुपैयाँमा खरिद बिक्रि भयो।  सबैभन्दा बढी एभरेष्ट बैंकको शेयर खरिद बिक्रि भएको छ। बैंकको चार करोड ६८ लाख रुपैयाँ बराबरको शेयर खरिद बिक्रि भएको हो। कारोबारकै आधारमा स्ट्यान्डर्ड चाटर्ड बैंक दोस्रो स्थानमा छ। बैंकको तीन करोड ९६ लाख रुपैयाँ बराबरको शेयर खरिद बिक्रि भएको छ।
 म्ंगलवार कारोबारमा आएका आठ समुह मध्ये सात वटा उकालो लागेका छन्। बैंकिङ ३.६३, होटल १७.७९, विकास बैंक २.०७, जलबिद्युत १३.३२, फाईनान्स १.४४, बीमा १४.६९ र अन्य ८.१ अंकले बढेको छ। उत्पादन मुलक समुह भने ७.६३ अंकले घटेको छ।
 
म्ंगलवार सबैभन्दा बढी वल्ड मर्चेन्ट बैंकिङ एण्ड फाईनान्स कम्पनीका शेयरधनीले करिब १० प्रतिशत कमाएका छन्। सबैभन्दा बढी गुमाउनेमा हिमालयन डिस्टिलरीका शेयरधनी छन्। डिस्टिलरीको शेयर मूल्य आठ प्रतिशतले घटेको छ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री