शुक्रबार, १४ कार्तिक २०७७

राष्ट्रपति १०६ औं श्रम सम्मेलनमा सहभागी हुन जेनेभा जाँदै

समयपोष्ट २०७४ जेठ ३० गते ६:१०

राष्ट्रपति विद्यादेवी भण्डारी मंगलबार स्विटजरल्याण्ड तर्फ प्रस्थान गर्दै छिन् । जेनेभामा आयोजना हुने १०६ औं श्रम सम्मेलनमा सहभागी हुन राष्ट्रपति भण्डारी त्यसतर्फ प्रस्थान गर्न लागेकी  हुन् ।

Advertisement

अन्तर्राष्ट्रिय श्रम सम्मेलनको एक भागका रुपमा रहेको रोजगारीको विश्व शिखर बैठकमा राष्ट्रपति भण्डारीले असार १ गते सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

परराष्ट्र मन्त्रालयका अनुसार भण्डारीले नेपाली महिलाको राजनीति र रोजगारीको क्षेत्रमा सहभागिता तथा प्रतिनिधित्वका विषयमा समेत बोल्ने छिन् ।

Advertisement

सन् १९६६ मा अन्तर्राष्ट्रिय श्रम संगठनको सदस्य बने पनि नेपालको राष्ट्र प्रमुखलाई यस्तो अवसर जुरेको थिएन । राष्ट्र प्रमुखका रुपमा सम्बोधन गर्ने अवसर भण्डारीलाई यसपटक मिलेको हो ।

राष्ट्रपति भण्डारीसँगै परराष्ट्र मन्त्रालयका सचिव शंकरदास बैरागी, राष्ट्रपतिकी स्वकीय सचिव विमला पौड्याल राई, मन्त्रालयका अन्य वरिष्ठ अधिकृत जेनेभा जाने परराष्ट्र मन्त्रालयले जनाएको छ । भण्डारी असार ४ गते स्वदेश फर्कने छिन् । 

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री