शुक्रबार, १४ वैशाख २०८१

सेयर बजार ९.९७ अंकले ओर्लियो, सबै समूहका सूचक राताम्मे

समयपोष्ट २०७४ जेठ २९ गते १०:५४

नयाँ सरकार बनेसंगै निरन्तर ओरालो लागेको सेयरबजार सोमबार पनि घटेको छ। कारोबारमा आएका सबै समूहका सूचक घटेपछि नेप्से तथा कारोबार रकम दुवैमा ओरालो लागेको हो ।

Advertisement

सोमबार ९ दशमलव ९७ अंकले ओर्लिएको वजार एक हजार ५ सय ८० दशमलव ५२ अंकमा झरेर रोकिएको छ । कारोबारमा आएका सबै समूहका सूचक राताम्मे बने । कारोबारमा आएका सबै उप सूचकमा गिरावट आएको छ। बैकिङ ७.४९, होटल २८.९९, विकास बैंक १२.९८, जलबिद्युत २३.३८, फाईनान्स २.४, बीमा ८१.०६, उत्पादनमूलक ७.३ र अन्य  १.७३ अंकले घटेको छ। 

सोमबार १ सय ३८ कम्पनीको ७ लाख ९८ हजार कित्ता सेयर ४९ करोड ८८ लाखमा किनबेच भयो । कारोबार रकम अघिल्लो दिनको तुलनामा २२ करोड कम हो । यसदिन सबैभन्दा बढी आरएसडीसी लघुवित्तको शेयर खरिद बिक्री भयो । यो कम्पनीको ५ करोड ४४ लाख रुपैयाँ बराबरको शेयर खरिद बिक्री भएको छ। नेपाल लाइफ र स्ट्याण्र्डड चार्टर्डको पनि ३ करोड बढीको सेयर किनबेच भयो । यसदिन सबैभन्दा बढी वल्ड मर्चेन्ट बैकिङ एण्ड फाईनान्स कम्पनीका शेयरधनीले १० प्रतिशतले कमाएका छन् भने एभरेस्ट बैंकका संस्थापक शेयरधनीले करिब १० प्रतिशत नै गुमाएका छन्। 

प्रतिक्रिया

सम्बन्धित सामाग्री