शुक्रबार, ७ वैशाख २०८१

आर्थिक बृद्धिदरको जस लिदै गर्भनरले भने ‘अर्थमन्त्री दुई तिनजना भए पनि म त एउटै छु’

समयपोष्ट २०७४ जेठ २८ गते ९:४५

नेपाल राष्ट बैंकका गर्भनर डा. चिरञ्जीवी नेपालले आफ्नो कार्यकालमा २३ वर्ष यताको उच्च आर्थिक वृद्धिदर हासिल भएको दाबी समेत गरेका छन् । 
‘ ६.९४ प्रतिशतले आर्थिक बृद्धि हुँदा कसले जस लिने भनेर दुई,तीन जना अर्थमन्त्रीबीच प्रतिस्पर्धै भएको छ, आइतवार सेञ्चुरी कमर्सिलय बैंकले इन्नोभेटिभ डेभलपमेन्ट बैंक र अरनिको डेभलपमेन्ट बैंकले गाभेर एकिकृत कारोबार थालेको औपचारिक उद्घाटन गर्दै उनले भने ‘ तर दुईरतीन बर्षदेखि म एउटै ब्यक्ति गभर्नर छु ।’ आफ्नो कार्यकालमा आर्थिक कृयाकलाप बढेका कारण आर्थिक वृद्धिदर बढेको बढेको र अन्र्तराष्ट्रिय स्तरबाट समेत आफुले बधाई पाएको उनले प्रष्टाए ।
गर्भनर नेपालले  आफूले पूँजी बृद्धिको नीति ल्याउँदा शुरुमा बिरोधी भएपनि समग्रमा त्यसले फाइदा गरेको बताए।  उनले पुँजीबृद्धिको नीतिको कुरा नबुझ्दा संसदीय समितिमा बयान दिन जानु परेको संझिए ।

Advertisement

‘शुरुमा विरोध धेरै भयो। संसदमा समेत विरोध भयो, उनले भने  ‘कुरा बुझाउन जानु संसदमा समेत जानुपर्यो ।’  उनले अहिले अहिले मर्जरबाट सन्तुष्ट हुने अवस्था भएको र यसमा राष्ट्र बैंक सफल भएको बताए । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री