बिहीबार, १३ वैशाख २०८१

तीन तहकै निर्वाचन सम्पन्न गर्न सके देउवाको कार्यकाल सफल हुने

समयपोष्ट २०७४ जेठ २४ गते १०:००

राजनीतिक विश्लेषक पुरुषोत्तम दाहालले नवनिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवाको चौथो कार्यकाल सफल हुने दावी गरेका छन् । 
बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै विश्लेषक दाहालले बाँकी तीन तहकै निर्वाचन निर्धारित मितिभित्रै सम्पन्न गर्न सके प्रधानमन्त्री देउवाको चौथो कार्यकाल पुर्ण सफल हुने स्पष्ट पारेका हुन् । 
प्रधानमन्त्री देउवासामू असन्तुष्ट मधेशवादी दललाई निर्वाचनमा भाग लिने वातावरण निमार्ण गर्नु, माओवादीसँगको सत्ता साझेदारीलाई उचित उपभोग गर्नुजस्ता चुनौति रहेको बताउँदै उनले भने,‘देउवाको विगत जस्तो भएपनि यो कार्यकाल निक्कै फरक छ, उनका सामुन्नेमा केही चुनौति छन्, संविधान संशोधन नभईकन निर्वाचनमा भाग नलिने भनेका छन्, माओवादीको सत्तासाझेदारीलाई टिकाई राख्नुपर्नेछ, यसअघिका प्रचण्डले उचित उपभोग गरेका छन्, त्यसैगरि देउवाले पनि सत्ता उपभोग गर्न सक्नुपछ।’
त्यस्तै दाहालले देउवाका लागि सबै भन्दा पहिले चुनौति काँग्रेस भएको ठोकुवा गरेका छन् ।
उनले अघि थपे,‘काँग्रेस नै देउवाको चुनौति हो, उनको विगत हेर्दा मिलाएर अघि बढ्न सक्छन्, जसले मिलाउने सामथ्र्य राख्छ त्यो नै सफल बन्छ, आजको खाँचो पनि यही हो, मित्र राष्ट्रसँगको सम्बन्ध, तीन तहको निर्वाचन गर्नु, विकासका आधारस्तम्भ खडा गर्नुजस्ता कुराहरू चुनौतिका रुपमा उभिएका छन्, उनले चुनौतिलाई अवसरमा देखेको खण्डमा उनको राजनीतिक ईतिहास संग्लिने छ, यदि सन्तुलनको कमि देखाए भने उनको राजनीति अवसान हुनेछ।’
अर्का विश्लेषक एवम् कुटनीतिज्ञ विजयकान्त कर्णले प्रधानमन्त्रीमा देउवाको यो चौथो कार्यकाल भएकोले तीनवटै तहको निर्वाचन सम्पन्न गरे सफल मानिने बताएका छन् ।
उनले भने‘हामीले तीनवटा सरकार हेरिसकेका छौँ, अब हाम्रो बीचमा चौथो कार्यकालको नेतृत्व बोकेर आएका छन्, उनले हिजोकोजस्तो सत्तालाई दुरुपयोग गर्नेछैनन्, उनको जीवनमा यो कार्यकाललाई अवसरको रुपमा लिनुपर्छ, आजको आवश्यकता भनेको मधेशीमोर्चाका माग सम्बोधन गर्नु हो, मलाई लाग्छ मधेका समस्या संसदमा छैनन।’, तराईका जनताका बीचमा छन्, 
उनले अघि थपे‘तराईका नेताहरूसँग तराईका समस्या छैनन्, मधेशका माग सम्बोधन गर्नको लागि मधेशी जनता सडकमा आउनुको विकल्प छैन्, अहिलेको निवार्चनले कुनै समस्या समाधान गर्दैन, झन समस्या थपिदिने छ, निर्वाचन जनताको लागि हुनुपर्छ, नेताको लागि होईन, यस्ता निर्वाचन त राजतन्त्रको बेलापनि भएका थिए।’
त्यस्तै डाक्टर सुन्दरमणी दिक्षितले मुलुक सिद्धान्त र बिचारका आधारमा चल्नुपर्ने बताएका छन्। 
पछिल्लो चरणमा काँग्रेस र माओवादीबीचको गठबन्धनबाट नवनिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवाको चौथो कार्यकाल बिचारको हिसाव भन्दापनि सत्ताको लोभबाट बनेको उनको गुनासो छ । उनलेभ ने,‘यसले मुलुकलाई सहज अवस्थामा पुर्याउँदैन, कुनैबेला टाउकाको मुल्य तोक्ने र गोली ठोक्नेहरू आज कुन बिचारको आधारमा एक भए?, यसभित्र ठुलो रहस्य छ, सत्ता हत्याउने र परिवारलाई निर्वाचनमा जिताउनको लागि मात्रै हो।’
स्थानीय तहको निर्वाचन सम्पन्न गर्नको लागि देउवा र प्रचण्डलाई मधेशमा गएर त्यहाँका जनताको आवाज सुन्न समेत उनले सुझाव दिए । 
त्यस्तै दिक्षितले भारतसँगको सम्बन्ध जतिसक्दो चाँडो सुल्झाउनुपर्ने बताए। उनले भने,‘देउवाको सामुन्नेमा भारतसँगको सम्बन्ध सुधार गर्नु अर्को चुनौति छ, अब भारतसँग निर्वाचनमा लड्ने पैसा माग्ने होईन। सत्तामा बस्नको लागि शीर निहुराउने होईन, अरुले जे भनेपनि भारतका प्रधानमन्त्री मोदीले नेपाललाई हेर्ने दृष्टिकोण निक्कै फरक छ, उनको पालामा हाम्रो देशले विकास, निकास, सन्धि सम्झौताजस्ता कार्यको सवल उपचारको लागि देउवाले रणनैतिक कदम चाल्नुपर्छ।’ 
त्यस्तै अर्का वाम राजनीतिक विश्लेषक डा. सुरेन्द्र के.सीले नव–निर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवाको कार्यकाल सफल बनाउनको लागि सत्ता व्यवस्थापनमा जोड दिनुपर्ने बताएका छन् ।

Advertisement


 

प्रतिक्रिया

सम्बन्धित सामाग्री