शुक्रबार, १६ चैत २०८०

देउवाले आज पदभार सम्हाल्ने, सानो आकारको मन्त्रिमंडल आजै बन्ने

समयपोष्ट २०७४ जेठ २४ गते ३:१९

कांग्रेसका सभापति शेरबहादुर देउवाले आज प्रधानमन्त्रीका रुपमा पद तथा गोपनियताको सपथग्रहण गर्ने भएका छन्।
 दिउँसो दिउँसो २ बजे राष्ट्रपति कार्यालय शितल निवासमा प्रधानमन्त्रीको पद तथा गापनियताको सपथ लिने कार्यक्रम तय भएको हो । सपथ लिएसँगै प्रधानमनत्री दउवाले पदभार सम्हाल्ने छन् ।
म्ंगलवार  बसेको व्यवस्थापिका संसद बैठकमा भएको निर्वाचनमा देउवा संसदमा बहुमत सिद्ध गर्दै प्रधानमन्त्रीमा निर्वाचित भएका थिए। 
सपथपछि आज नै सानो आकारको मन्त्रिपरिषद बनाउने तयारी छ । आज प्रधानमन्त्रीको शपथग्रहण लगत्तै देउवाले समर्थनमा रहेकादहरुबाटपहिलो चरणमा ७ जनासम्मको मन्त्रिमंडल बनाउने तयारी गरेका छन ।
 माओवादी केन्द्र, कांग्रेस, फोरम लोकतान्त्रिकबाट गरि ५ जनाको मन्त्रिमंडल बनाउने कांग्रेस नेताहरुले बताएका छन् । कांग्रेसबाट ज्ञानेन्द्रबहादुर कार्की, महेश आचार्य पहिलो चरणमा नै जाने बताइएको छ । 
माओवादी केन्द्र, राप्रपा र फोरम लोकतान्किबाट एक–एक जना मन्त्रिपरिषदमा सहभागि हुने कांग्रेसका नेताहरुले बताएका छन् ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री