बिहीबार, १३ वैशाख २०८१

शेरबहादुर देउवा चौथो पटक प्रधानमन्त्रीमा निर्वाचित

समयपोष्ट २०७४ जेठ २३ गते १३:२८

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा चौथो पटक प्रधानमन्त्रीमा निर्वाचित भएका छन् । 
मंगलवार बसेको व्यवस्थापिका संसद बैठकमा भएको निर्वाचनमा देउवाले संसदमा बहुमत सिद्ध गर्दै मुलकको ४० औं प्रधानमन्त्रीमा निर्वाचित भएका हुन् ।
संसदमा मत विभाजनका आधारमा भएको निर्वाचनमा देउवाको ३८८ पक्षमा  सांसदले मतदान गरेका थिए । यस्तै देउवाको विपक्षमा १७०  मत पर्यो । मतदान प्रक्रियामा कूल ५५८ सांसद सहभाथि थिए ।
व्यवस्थापिका संसदको नियम ४९ को उपनियम ५ बमोजिम सभामुख ओनसरी घर्ति मगरले उनको उम्मेदवारीलाई बैठकसमक्ष निर्णयार्थ प्रस्तुत गरेकी थिइन् ।
एउटा मात्र उम्मेदवारी दर्ता भएकोले उपनियम ७ आकर्षित भएकाले संसदको निर्णय मतविभाजनबाट हुनुअघि सभामुखले संसदबाहिर रहेका सांसदलाई संसद भित्र आउनका लागि तीन मिनेटको जनाउ घण्टी बजाउन लगाएकी थिइन् ।
देउवाको पक्षमा हुन्छ र हुन्न भन्ने सांसदहरुलाई भिन्नाभिन्नै ढोकाबाट उपकक्ष (लबी) मा प्रवेश गराएर त्यहाँ राखिएको क्रमसंख्या अनुसारको नाममा सांसदहरुले आफ्नो मत जाहेर गरेका थिए । संकलित मतगणनाको परिणाम सभामुखले तत्काल सुनाउदै देउवा औपचारिक रुपमा प्रधानमन्त्री निर्वाचित भएको घोषणा गरिएको थियो ।
देउवालाई प्रधानमन्त्रीमा निर्वाचित गरियोस् भनेर माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रस्ताव गरेका थिए भने कांग्रेस नेता रामचन्द्र पौडेल, फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार लगायतले समर्थन गरेका थिए । ७१ बर्षका देउवा यस अघि तीन पटक प्रधानमन्त्री बनिसकेका छन् । 

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री