शुक्रबार, १६ चैत २०८०

रियल म्याड्रिडले रच्यो फुटबल इतिहासमा नयाँ अध्याय

समयपोष्ट २०७४ जेठ २१ गते ३:३३

रियल म्याड्रिड र च्याम्पियन्स लिग अब एक अर्काको पर्याय बनेको छ । सबैभन्दा धेरै पटक प्रतियोगिता जितेको रियलले शनिबार राती कार्डिफमा भएको फाइनलमा युभेन्टसलाई ४–१ गोल अन्तरले हराउँदै प्रतियोगिताको दुई दशक बढीको इतिहासमा लगातार दुईपटक उपाधि जित्ने पहिलो टोलीसमेत बनेको छ । योसँगै रियलले फुटबल इतिहासमा नयाँ अध्याय रचेको छ ।

Advertisement

कार्डिफमा भएको खेलको २० औं मिनेटमा रोनाल्डोल गोल गरेका थिए । २७ औं मिनेटमा युभेन्टसका मान्जुकिजले बराबरी गोल फर्काए र पहिलो हाफ १-१ को बराबरीमा सकियो । तर, दोस्रो हाफमा युभेन्टसले रियल मडि्रडलाई रोक्न सकेन । ६१ औं मिनेटमा कासिमेरोले गोल गर्दै टिमलाई अग्रता दिलाए । तीन मिनेटपछि नै रोनाल्डोले दोस्रो गोल गरे । ८४ औं मिनेटमा युभेन्टसलाई अर्को झड्का लाग्यो । उसका जुआन रातो कार्ड खाँदै मैदानबाट बाहिरिए । ९० औं मिनेटमा एसेन्सिओले गोल गरेपछि रियल मडि्रड ४-१ले विजयी भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री