बिहीबार, १५ चैत २०८०

सरकारी विद्यालयमा नर्सको ब्यवस्था हुन्छ : स्वास्थ्यमन्त्री

समयपोष्ट २०७४ जेठ १८ गते ६:५७

स्वास्थ्यमन्त्री गगन थापालेे सबैस्तरका विद्यालयहरुमा एक नर्स राख्ने अवधारणा अनुसार सरकारी विद्यालयहरुमा नर्सको ब्यवस्था गरिने बताएका छन् । 

Advertisement

विश्व धुम्रपान तथा सुर्तीजन्य पदार्थरहित दिवसको अवसरमा स्वास्थ्य मन्त्रालय,राष्ट्रिय स्वास्थ्य, शिक्षा तथा सुचना केन्द्रद्वारा आयोजित कार्यक्रममा बोल्दै मन्त्री थापाले सबैस्तरका विद्यालयहरुमा एक नर्स राख्ने अवधारणा अनुसार यसै वर्षदेखि सरकारी विद्यालयहरुमा यसलाई लागू गरिने बताएका हुन् । 

मन्त्री थापाले सरकारी विद्यालयहरुमा एक नर्सको अवधारणा कार्यान्वयनका लागि अर्थ मन्त्रालयले चालु आर्थिक वर्षको बजेटमा समेत बजेट विनियोजन गरिसकेको बताए । 

मन्त्री थापाले एक नर्सको अवधारणालाई विश्वविद्यालयस्तरमा लैजान मन्त्रालयबाट आवश्यक पहल भैरहेको जानकारी समेत गराए ।

यसैगरी मन्त्री थापाले नेपाललाई सुर्तीजन्य पदार्थरहित समाज निर्माणको लागि विद्यालयमा लगानी आवश्यक रहेको समेत उल्लेख गरे । 

उनले नेपाललाई सुर्तीजन्य पदार्थरहित समाज निर्माणको सुरुवात प्याब्सनसित सहाकार्य गरेर अगाडी बढाईसकेको जानकारी दिदै भने,‘नेपाललाई सुर्तीजन्य पदार्थरहित समाज निर्माणको लागि पनि विद्यालयमा लगानी आवश्यक छ । यसको सुरुवात हामीले प्याब्सनसित मिलेर गरिसकेका छौं । आउँदा दिनहरुमा मेरो वर्ष अभियान ०७४ अन्तर्गत सुर्तीजन्य पदार्थरहित समाज निर्माणको लागि नवनिर्वाचित जननिर्वाचित प्रतिनिधिसित पनि साझेदारी गर्ने हाम्रो योजना छ ।’ योजना छ ।’

मन्त्री थापाले सुर्तीजन्य पदार्थको प्रयोगलाई पूर्णतया निस्तेज पार्नको लागि सुरुमा यसको प्रयोगलाई घटाउँदै लैजाने र विस्तारै प्रतिवन्धको अवस्थामा लैजाने बताए ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री