बुधबार, १२ वैशाख २०८१

खुल्यो एकैदिन ज्योति विकास बैंकको ३ नयाँ शाखा

समयपोष्ट २०७४ जेठ १८ गते ५:३३

ज्योति विकास बैंकले एकै दिन ३ नयां शाखाहरु उद्घाटन गरेको छ । बैंकले एकै दिन सुनसरीको झुम्का, सुर्खेतको बीरेन्द्रनगर तथा दाङ्गको घोराहिमा शाखाहरु उद्घाटन गरेको हो । 

Advertisement

 बैंकको ३० औं शाखा सुनसरीको झुम्कामा नेपाल राष्ट्र बैंक बिराटनगरका निर्देशक रामु पौडेल र उद्योग बाणिज्य संघ झुम्काका अध्यक्ष सगेन चौधरीले संयुक्त रुपमा उद्घाटन गरे । त्यस्तै ३१ औं शाखा सुर्खेतको बीरेन्द्रनगरमा उद्योग बाणिज्य संघ सुुर्खेतका अध्यक्ष प्रकाश अधिकारी र यस बैंकका संचालक जगदिश्वर प्रसाद अधिकारीले संयुक्त रुपमा गरे ।

यसैगरी ३२ औं शाखा दाङ्गको घोराहीमा नेपाल राष्ट्र बैंक नेपालगंजका निर्देशक गुरु प्रसाद पौडेल, उद्योग बाणिज्य संघ दाङ्गका अध्यक्ष हेमराज बन्जाडे र यस बैंकका संचालक श्री नारायण प्रसाद पौडेलले संयुक्त रुपमा गरे ।

यि शाखाहरु सहित बैंकले ३२ शाखा, एउटा एक्टेन्शन काउन्टर तथा १२ वटा एटिएम मार्फत स्तरीय बैंकिङ्ग सेवा प्रदान गर्नेछ । छिटै थप शाखाहरु मार्फत आफ्नो सञ्जाल देशव्यापी बनाउने लक्ष्य बैंकले लिएको छ ।

बैंकको हालको चुक्ता पुंजी रु. १ अर्ब १० करोड ४३ लाख रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री