विश्वकपमा कोलम्बियाको विजयी सुरुआत, उज्बेकिस्तान ३–१ ले पराजित

विश्वकप २०२६ अन्तर्गत भएको खेलमा कोलम्बियाले सानदार जित दर्ता गरेको छ । मेक्सिकोको ऐतिहासिक अज्टेका स्टेडियममा भएको खेलमा कोलम्बियाले उज्बेकिस्तानलाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।

Advertisement

यस जितसँगै कोलम्बियाले फिफा विश्वकप २०२६ मा सुखद सुरुआत गर्दै स्पष्ट ३ अंक जोडेको छ ।

कोलम्बियाका लागि डानिएल मुनोज, लुइस डियाज र जामिन्टन क्याम्पाजले समान १-१ गोल गरे । विश्वकपमा पहिलो पटक सहभागिता जनाएको उज्बेकिस्तानका लागि अब्बोसबेक फेजुल्लाएभले सान्त्वना गोल फर्काएका थिए ।

Advertisement

खेलको ४०औँ मिनेटमा डानिएल मुनोजले गोल गर्दै कोलम्बियालाई सुरुवाती अग्रता दिलाएका थिए । उनले बक्सभित्र लुइस डियाजको उत्कृष्ट पासलाई सदुपयोग गर्दै वान टच फिनिसिङ गरेका हुन् ।

दोस्रो हाफमा सुधारिएको खेल प्रदर्शन गर्दै उज्बेकिस्तानका अब्बोसबेक फेजुल्लाएभले ६०औँ मिनेटमा बराबरी गोल फर्काए । उनी फिफा विश्वकपको इतिहासमा उज्बेकिस्तानका लागि गोल गर्ने पहिलो खेलाडी बनेका छन् ।

उज्बेकिस्तानको बराबरी गोलको खुसी धेरै समय टिक्न पाएन । खेलको ६५औँ मिनेटमा लुइस डियाजले आकर्षक गोल गर्दै कोलम्बियालाई पुनः २-१ को अग्रता दिलाए ।

खेलको इन्जुरी समयको नवौँ मिनेटमा जामिन्टन क्याम्पाजले गोल गरेपछि कोलम्बियाले ३-१ को सहज जित पक्का गर्‍यो । यो जितसँगै कोलम्बिया समूह ‘के’ को शीर्ष स्थानमा उक्लिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री