नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकमा पुडासैनी नियुक्त
समयपोष्ट
२०८२ असार १३ गते १७:४८
सरकारले नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकमा पूर्वसचिव रामशरण पुडासैनीलाई नियुक्त गरेको छ।
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले पुडासैनीलाई कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको हो। पुडासैनी पूर्वप्रशासकका रूपमा लामो समय विभिन्न जिम्मेवारीमा काम गरिसकेका अनुभवी ब्युरोक्र्याट हुन्।
यसअघि प्रतिष्ठानको कार्यकारी निर्देशकको जिम्मेवारी पूर्वसचिव डा. राजन खनालले सम्हालिरहेका थिए।
प्रतिक्रिया