सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशविरुद्ध सात उजुरी दर्ता
समयपोष्ट
२०८२ असार १२ गते १३:२७
सङ्घीय संसद्को संसदीय सुनुवाइ समितिमा सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशविरुद्ध सात उजुरी दर्ता भएका छन्।
समिति सभापति ईश्वरी न्यौपानेले सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालयमा बसेको बैठकमा पाँच व्यक्ति केन्द्रित र दुई सुनुवाइ प्रक्रियासँग सम्बन्धित उजुरी प्राप्त भएको जानकारी दिइन्।
बैठकले उजुरीकर्ताहरूलाई शुक्रबार बिहान ११:३० बजे बस्ने अर्को बैठकमा आमन्त्रण गर्ने निर्णय गरेको छ।
न्यायपरिषद्ले वरिष्ठ अधिवक्ता मेघराज पोखरेल, उच्च अदालत जनकपुरका मुख्य न्यायाधीश श्रीकान्त पौडेल र उच्च अदालत दिपायलका मुख्य न्यायाधीश शान्तिसिंह थापालाई सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको थियो।
समितिले आगामी आइतबार (१५ गते) मध्यान्ह १२:१५ बजे प्रस्तावित न्यायाधीशहरूसँग सुनुवाइ गर्ने निर्णय गरेको छ।
प्रतिक्रिया