बुधबार, ११ असार २०८२

कोभिड सङ्क्रमणबाट महिलाको मृत्यु

समयपोष्ट २०८२ असार १० गते १६:३८

Advertisement

इलामको सूर्योदय नगरपालिकाकी ४१ वर्षीया महिलाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको पुष्टि भएपछि नेपालमा पुनः कोरोना त्रास बढ्न थालेको छ। पछिल्लो २५ महिनामा कोरोना संक्रमणका कारण मृत्यु भएको यो पहिलो घटना हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार यसअघि २०८० साल वैशाख २१ गते गण्डकी प्रदेशका ४७ वर्षीय पुरुषको संक्रमणका कारण मृत्यु भएको थियो। त्यसयता मृत्युको कुनै केस रेकर्डमा थिएन।

मंगलबार बिहान विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचाररत महिलाको मृत्यु भएको हो। ती महिला झापाको विर्तामोडस्थित बिर्तासिटी अस्पतालबाट रिफर भएर नोबेल अस्पतालमा ल्याइएको अस्पताल प्रशासनले जनाएको छ। अस्पतालका प्रबन्धक दिपेश राईका अनुसार महिलालाई लामो समयदेखि श्वासप्रश्वाससम्बन्धी समस्या थियो र उनी एक सातादेखि बिरामी थिइन्।

नोबेल अस्पतालमा सोमबार भर्ना गरिएकी उनको मंगलबार बिहान ६ बजे उपचारकै क्रममा मृत्यु भएको हो। मृतकको शव परिवारलाई बुझाइसकिएको प्रहरीले जानकारी दिएको छ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री