आइतबार, ८ असार २०८२

रुसलाई हतियार बनाउने औजार आपूर्ति पश्चिमा कम्पनीले गराएको जेलेन्स्कीको भनाइ

समयपोष्ट २०८२ असार ७ गते २१:१४

Advertisement

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पश्चिमा कम्पनीहरूले रुसलाई हतियार बनाउन प्रयोग हुने ‘उपकरण’ उपलब्ध गराएको आरोप लगाउनुभएको छ ।

जर्मनी, चेक रिपब्लिक, दक्षिण कोरिया र जापानका कम्पनीका साथै थोरै संख्यामै भएपनिसंयुक्त राज्य अमेरिकाबाट पनि हतियार बनाउने उपकरण रूसले लिने गरेको उहाँले बताउनुभयो ।

युक्रेनले सन् २०२२ मा आक्रमण गरेयता रुसमाथि प्रतिबन्ध लगाउन र आपूर्ति शृङ्खलामा अङ्कुश लगाउन पर्याप्त कदम नचालेको सङ्केत गर्दै आएको छ र मस्कोले पठाएका ड्रोन र क्षेप्यास्त्रमा पश्चिमा मुलुकका सामान फेला परेको बताएको छ ।

जेलेन्स्कीले भन्नुभयो, “रूसी सङ्घलाई केही पश्चिमा मुलुकबाट मेशिन उपकरण प्राप्त हुन्छ, जुन उनीहरुले हतियार बनाउन प्रयोग गर्छन् ।

Advertisement

रुसलाई उपकरण आपूर्ति गर्ने अधिकांश कम्पनीहरू चीनका रहेको तर दर्जनौं पश्चिमा कम्पनीहरू पनि दोषी रहेको उहाँले बताउनुभयो ।

“हामीले यी सबै जानकारी हाम्रा साझेदार सबै देशहरूलाई गराएका छौँ । हामी सबैलाई यी कम्पनीहरूमाथि प्रतिबन्ध लगाउन जोडदार आग्रह गर्दछौँ,” राष्ट्रपति जेलेन्स्कीले भन्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री